Loading...
Loading...
पाकिस्तानमा भारतीय फिल्मलाई बाई बाई
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ असोज, एजेन्सी । पाकिस्तानको प्रमुख सिनेमा हलहरूमा भारतीय फिल्म देखाउन बन्द गरिएको छ । सिनेमा हलवालाहरूले पाकिस्तानी सैनिकको समर्थनमा यो कदम उठाएको बताएका छन् । baliud film

भारत प्रशासित काश्मिरको उरीमा भएको आतंककारी आक्रमणको प्रतिक्रियामा भारतले गरेको भनिएको ‘सर्जिकल स्ट्राइक’ कारण दुवै देशबीच तनाव बढेको छ । भारतीय फिल्म निर्माताहरूको संगठनले पाकिस्तानी कलाकारलाई प्रतिवन्ध लगाएको भोलिपल्ट पाकिस्तानी सिनेमाहलहरूले यस्तो निर्णय गरेका हुन् ।
पाकिस्तानी चर्चित सिनेमा हल चेन सुपर सिनेमाले २९ सेप्टेम्वरमा आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘हामी पाकिस्तानी सेनाको समर्थनमा आफ्ना सबै सिनेमा हलहरूमा तत्काल लागु हुने गरी भारतीय सिनेमामा रोक लगाउँदछौं ।’ सो पेजमा भारतीय सिनेमासंग सम्वन्धित सिडि, डिभिडीलगायतका सामाग्री बिक्रिमा पनि रोक लगाएको उल्लेख छ ।
यसैगरी पाकिस्तानी सर्वोच्च अदालतमा भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउन माग गर्दै रिट दायरसमेत गरिएको छ । भारतमा पनि पाकिस्तानी कलाकारहरूको विरोध भइरहेको छ ।
महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की दिएका छन् । यसैबीच बलिउडका चर्चित हिरो सलमान खानले पाकिस्तानी कलाकारको वचाव गरेका छन् । उनले भनेका छन् ‘कलाकार आतंकारी होइनन् ।’ यो भनाइपछि सलमानको पनि विरोध भइरहेको छ ।

The post पाकिस्तानमा भारतीय फिल्मलाई बाई बाई appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2cS8neA
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.