भारतले यसरी छानिदिदै छ मन्त्रीहरु, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको टुङ्गो दक्षिणबाटै
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउन लागेका मध्ये तीन जनाको नाम मन्त्रीका रुपमा प्याकेजमै सहमति भएको थाहा भएको छ । स्रोतका अनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिसँगै ती तीनजनालाई मन्त्री बनाउने सहमति भएको छ ।
स्रोतकाअनुसार पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो चरणमा माओवादीबाट एक र नेपाली कांग्रेसबाट दुइले सपथ लिनेछन् । यसपटक कांग्रेसबाट विमलेन्द्र निधिले नेतृत्व गर्नेछन् । कांग्रेसभित्र खुला रुपमा भारतको पक्षपोषण गर्ने निधिले गृह मन्त्रालय पाउनेछन् ।
माओवादीका तर्फबाट एमालेसँगको समिकरण भत्काएर कांग्रेससँगको समिकरण बनाउन निर्णायक भूमिका निर्वाह गरेका कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने सहमति पनि सोही प्याकेजमा भएको छ ।
भारतले रुचि राख्ने गरेको अर्को मन्त्रालय परराष्ट्रमा पनि आफूनिकट व्यक्तिलाई ल्याउन तय भइसकेको स्रोतले बतायो । कांग्रेसभित्र सत्ता समीकरणका विपक्षमा रहेका रामचन्द्र पौडेललाई पनि अप्ठेरोमा पार्ने गरी उनीनिकट रहेका डा। शेखर कोइरालालाई परराष्ट्रमन्त्री बनाएपछि दोहोरो फाइदा हुने विश्लेषण दक्षिणको छ ।
कोइराला परिवारको उत्तराधिकारीको रुपमा महामन्त्री सशाांङ्क काइरालालाई अघि सारिए पनि विश्लेषण र सम्पर्कमा शेखर अगाडी छन । लामो समय देखी दक्षिण निकट रहेका कृष्ण प्रसाद सिटौला संगै उनी शान्ति प्रकृयामा सम्लग्नछन् ।
श्रोतले भन्यो महत्वपूर्ण मन्त्रालयमा मन्त्री तय भएको छ । बाँकी यहीका नेता बसेर टुङ्ग्याउँछन । बुधबारमा खबर छ ।
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/2as3Uj1
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

