भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

उपप्रधान एवम् महिला बालवालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता खतरामा परेको बेला राष्ट्रिय सहमतिको सरकार आवश्यक भए पनि एउटा बहुमतीय सरकारको ठाँउमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य नभएको बताउनुभएको छ ।
उहाँले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनु भएको छ । रिपोर्टर्स क्लव नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा उहाँले भन्नुभयो, ‘यही सरकारलाई सशक्त बनाउन प्रतिपक्ष र सत्तारुढ गठबन्धनबाट उठिरहेका आवाजलाई संबोधन गर्नु पर्छ ।’
ठूला दल मिलेर सरकार बनाउनु हुँदैन भनेर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले नमानेसम्म सहमतिको सरकार बन्न नसक्ने मैनालीको भनाइ छ । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भए अहिलेकै गठबन्धनलाई क्रियाशील बनाएर जाँदा उपयुक्त हुने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘माओवादीसँग कुनै सहमति भएको भए त्यो कार्यान्वयन गरेर गए हुन्छ । तर सहमति बाहेक बहुमतको अर्को सरकार बनाउने कुरा मुलुकमा अस्थिरता ल्याउने काम मात्रै हुन्छ ।’
मैनालीले सहमतिको सरकारको नेतृत्व प्रचण्डले जति मुख मिठ्याए पनि हुन नसक्ने ठोकुवा गर्दै प्रचण्डले अहिलेको गठबन्धन भत्यकाए पछि पकड्ने ठाउँ समेत नभेट्ने चेतावनी दिनुभयो ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/296viRr
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

