भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१६ जेठ, वासिङटन डिसी (अमेरिका)।
अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एक लाख एक हजार सहयोग प्रदान गरेका छन् ।
आफ्नी छोरी वियङ्साको एघारौँ जन्म दिनका अवसरमा न्यौपाने दम्पतीले सो रकम दिने घोषणा गरेको हो । फाउन्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्तीका लागि सो रकम दिइएको हो ।
“ धुर्मुस सुन्तलीले नेपालमा साँच्चिकै नमुना भन्नलायक काम गरिरहेका छन्, उनीहरुलाई सहयोग गर्नु हामी सक्षम प्रवासी नेपालीको कर्तव्य पनि हो,” न्यौपानेले रासससँग भने, “त्यही भएर छोरीको जन्म दिनको अवसरमा गर्न लागिएको पार्टी रद्द गरेर यो रकम प्रदान गर्न लागेका हौँ ।”
फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारको लागि एकीकृत बस्ती निर्माण गरिरहेको छ । रु चार करोडभन्दा बढीको लागतमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि नेपाल र बाहिरबाट व्यापक सहयोग जुटिरहेको छ । यसअघि फाउन्डेसनले काभ्रेमा एकीकृत बस्ती निर्माण गरिसकेको छ । रासस
यो पनि पढ्नुस्।
प्रधानमन्त्रीद्वारा धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती अवलोकन
कुचो लिएर धुर्मुस सु्न्तली सरसफाई अभियानमा – फोटो फिचर
धुर्मुसको ओलीमाथी सटिक व्यङ्ग्य, खोले नरपशु मन्त्रालय
The post पत्रकारद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एकलाख appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1UcvV8W
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

