Loading...
Loading...
यस्ता छन् ​बजेटमा भेटिएका १० नारा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
१६ जेठ, काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई घण्टा लगाएर शनिबार वाचन गरेको बजेटमा १० आकर्षक नारा भेटिएको छ। 

१)    घरघरमा बिजुली जनजनमा सेयर
सरकारको न्युनतम ५१ प्रतिशत र नेपाली नागरिक र गैरआवासीयको ४९ प्रतिशत सेयरसहित जलविद्युत आयोजना बनाउने नीति बजेटमा रहेको छ। 

२)    एक सहर एक पहिचान
इलाम, जनकपुर, लिवाङ, तानसेन, धनगढी, त्रियुगा, जाजरकोट, रुकुमकोट, थाहा नगरपालिका, सिराहा, धनगढी, चन्दननाथ, दमक, बर्दिवास र भरतपुरसमेत १५ सहरहरु विकास गर्न गुरुयोजना तयार पारिने योजना बजेटमा छ। 

३)    एक प्रदेश एक प्राणी उद्यान
वन्यजन्तुको संरक्षण, संरक्षण शिक्षा तथा पर्यापर्यटन प्रवर्ध्दनका लागि बजेटमा नीति बनाइएको छ।  

४)    एक प्रदेश एक मेडिकल कलेज
आगामी आर्थिक वर्ष बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना कार्य प्रारम्भ गरिने  बजेटमा उल्लेख छ। 

५)    दश युवा एक युवा उद्यम
सबै निर्वाचन क्षेत्रहरुमा नमूनाका रुपमा सञ्चालन गर्न बजेटले व्यवस्था गरेको छ। 

६)    एक गाउँ एक डाक्टर 
गाउँका प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने प्रबन्ध बजेटमा गरिएको छ। 

७)    आफ्नो नगर आफै सजाऔँ
२०५१ सालमा एमालेले ल्याएको आफ्नो गाउँ आफै बनाउँलाई यो वर्ष पुनः ल्याउँदै नगरपालिकाहरुलाई पनि उपलब्ध गराइने अनुदान दोब्बर बढाएको छ। 

८)    सबै नेपालीको बैँक खाता
सबै सामाजिक सुरक्षा भत्ता बैँक खातामार्फत् उपलब्ध गराउने व्यवस्था बजेटमा छ। 

९)    हरेक घर ऊर्जा घर
परम्परागत र आयातित ऊर्जामाथिको निर्भरतामा कमी ल्याउन र नवीकरणीय ऊर्जाको पहुँच वृद्धि गर्न अभियान चलाउने बजेटमा छ।

​१०)    स्वच्छ प्रशासन : स्वच्छ व्यवसाय
बजेटमा स्वच्छ प्रशासन र स्वच्छ व्यवसायको नारा राखिएको छ। 
- पहिलो पोष्ट 


#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/25qC75j

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.