भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१४ जेठ, एजेन्सी ।
बलिउड सेलिब्रेटी सलमान खान विवादमा परिरहन्छन् । कहिले कोसँग त कहिले को सँग उनको टक्कर परिरहन्छ । तर अधिकाँश टक्करमा सलमानले जित्छन् ।
को को सँग गरे सलमानले झण्डै विवाह (फोटो फिचर)
पछिल्लो समय सलमान खान गायक अरिजित सिंहसँग विवादमा परेका छन् । अरिजित सिंहले सलमान खानसँग सार्वजनिक माफी मागिसकेका छन् । सलमान खानसँग झगडा परेका उनीमात्र एक सेलिब्रेटी होइनन् ।
बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन् जसको सलमान खानसँग पुनः काम गर्ने सम्भावना निक्कै कम छ ।
ऐश्वर्याका कारण सरबजीतबाट सलमान आउट !
१ ऐश्वर्या राय बच्चन
सलमान खानसँग काम गर्न असम्भव सेलिब्रेटी मध्ये पहिलो नम्बरमा पर्छिन् ऐश्वर्या राय । सलमान खान र ऐश्वर्याबीच लामो समय सम्म प्रेम सबन्ध थियो । तर अहिले बच्चन खानदानकी बुहारी बनेकी सलमान र ऐश्वर्या सँगै देखिने सम्भावना करिव करिव छँदै छैन भन्दा पनि हुन्छ ।
२ विवेक ओवरोय
सलमान खानबाट ऐश्वर्यालाई आफूसँग तानेका विवेक ओवरोयलाई सलमानसँगको झगडा महंगो पर्यो । सलमानखानसँगको झगडापछि उनी बलिउडमा करिव करिव फ्लप नै भए । अव उनीहरु सँगै काम गरेको देख्न करिव करिव असम्भव रहेको मानिन्छ ।
३ शाहिद कपुर
रकस्टार कन्सर्जको विश्वव्यापी भ्रमणका क्रममा सलमान र शाहिद कपुरबीच विवाद भएको थियो । शाहिदले सलमानलाई डान्स स्टेप सिकाउन खोजेपछि सलमान भड्किएको बताइन्छ । शाहिदले पछि माफी मागेपनि उनीहरुको सम्बन्ध सामान्य बनेन । अव उनीहरुसँगै देखिने सम्भावना कम छ ।
४ रणबीर कपूर
सलमान खान र रणबीर कपुरबीचको विवादको कारण थिइन् सलमानकी पूर्व प्रेमिका क्याट्रिना कैफ । रणबीरबाट समेत टाढिइसकेकी क्याट्रिना कुनै बेला सलमान खानकी प्रेमिका थिइन् । रणबीर र क्याट्रिना नजिकिएपछि सलमान खान र रणबीरको सम्बन्ध चिसिएको थियो । उनीहरुले सँगै काम गर्ने सम्भावना पनि कम छ ।
सलमानले खाए पूर्व प्रेमिकाको झापड
The post ४ सेलिब्रेटी जो सलमान खानसँग काम गर्दैनन् appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/25lNz27
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

