Loading...
Loading...
सन् २०१७ मा आमिरको कुनै चलचित्र नआउने, तर अन्य ठूला स्टार दुईवटा भन्दा बढिमा देखिने…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।

अझसम्म बलिउडका उच्चस्तरीय स्टारहरूले एक वर्षमा एउटा मात्र फिल्मको नियम पालना गर्दै आएका थिए। तर सन् २०१७ मा यो परिवर्तन हुनेवाला छ, किनकी अक्षय कुमार, शाहरुख खान, सलमान खान, आमिताभ बच्च र ऐश्वार्य राय बच्चन सहित अन्य कैयौँ ठूला स्टारहरूका २/३ वटट चलचित्रहू रिलिज हुने तय भैसकेको छ। तर, यसको सूचीमा आमिर भने परेका छैनन्। उनले सन् २०१७ मा कुनै चलचित्र पनि नखेल्ने खबर प्राप्त भएको छ।Sahrukh, Salman and Aamir Khan

अक्षय कुमार

चलचित्र खेल्ने विषयमा अक्षय कुमार सँधै अगाडि नै हुन्छन्, उनले आफुले भ्याएसम्म सबै निर्माताहरूको चलचित्र खेल्ने सोँच राख्छन्। उनलाई चलचित्रको कथासँग कुनै मतलब हुँदैन। कुनै छुट्टी वा चाडपर्व पनि नभनी उनले वर्षमा ३ वटा देखि ४ वटा सम्म चलचित्र रिलिज गर्छन्। यो सिलसिला करीब १० वर्ष देखि चल्दै आइरहेको छ।

शाहरुख र सलमान खान

शाहरुख तथा सलमान खानले पनि यो वर्षसम्म आमिरले जस्तै एक वर्षमा एउटा चलचित्रको सिलसिलामा हिँड्दै आइरहेका थिए। तर, सन् २०१७ मा भने शाहरुख खानको ३ वटा चलचित्रहरू रिलिज हुनेछन्। जसमध्ये ‘इम्तियाज अली’ र ‘ आनन्द राय’को चलचित्र पर्नेछ भने तेस्रोमा ‘गौरी शिन्दे’को चलचित्र पर्नेछ, जसमा उनले अतिथी कलाकारको रूपमा प्रस्तुत हुनेछन्।

त्यसैगरी सलमान खानले पनि ‘कबीर खान’को एउटा चलचित्र र आफ्नै होम प्रोडक्सनको अर्को चलचित्रमा काम गर्नेछन्।

ऋतिक रोशन र अमिताभ बच्चन

डेढ वर्ष पछि ऋतिक रोशनको पनि सन् २०१७ मा दुईवटा चलचित्र रिलिज हुने देखिएको छ। उनले यशराज ब्यानरको ‘ठग’ र आफ्ना पीता राकेश रोशनको ‘काबिल’मा मूख्य भूमीका निभाउनेछन्।

त्यसैगरी बलिउडका बिग बी अमिताभ बच्चनले पनि सन् २०१७ मा ‘अनिस बज्मी’, ‘सुजीत सरकार’ र ‘रामगोपाल बर्मा’का तीनवटा चलचित्रहरूमा खेल्नेछन्।

दीपिका, प्रियङ्का र ऐश्वार्य राय बच्चन

दीपिका पादुकोणले सन् २०१७ मा सलमान खान, रणवीर सिंह र रणबिर कपूरसँग चलचित्रमा काम गर्ने खबर चर्चामा आएको छ तर दीपिकाले यसको बारेमा कुनै बयान दिएकी छैनन्। यसैबीच प्रियङ्का चोपडाले भने अहिल्यै बलिउडमा काम नगर्ने बताएकी छिन्। बाँकी रह्यो ऐश्वार्य- उनले सन् २०१७ मा ‘मणि रत्नम’ र अन्य दुई निर्देशकहरूको चलचित्रमा काम गर्ने बताएकी छिन्।

आमिरले सन् २०१७ मा कुनै पनि चलचित्र नखेल्ने…

Amir Khanयी सबै स्टारहरूका बीच आमिर खान मात्रै एक यस्ता ठूला स्टार हुन् जसको सन् २०१७ मा कुनै पनि चलचित्र रिलिज हुनेछैन, या भनौँ उनले अझसम्म यसको बारेमा कुनै पनि घोषणा गरेका छैनन्। यसै वर्षको डिसेम्बरमा उनको ‘दङ्गाल’ रिलिज हुँदैछ। खबरका अनुसार त उनी ‘रङ्ग दे बसन्ती’कै कथामा आधारित अर्को चलचित्रको हिस्सा बन्ने सङ्केत देखिएको छ, तर उनले अझसम्म कुनै पनि निर्माता वा निर्देशकको चलचित्रलाई स्वीकार गरेका छैनन्।

उनलाई कैयौँ ठूला निर्देशकहरूले चलचित्रको लागि प्रस्ताव नराखेका पनि होइनन्, तर उनले कसैको प्रस्ताव पनि स्वीकार गरेका छैनन्। अन्य शूत्रका अनुसार, आमिर फेरि पनि ‘गजनी’ निर्देशक ‘आर. मुरुगदास’सँग काम गर्न चाहन्छन्, तर यसको निर्णय उनले डिसेम्बरमा नै गर्न बताएका छन्।

यो पनि हेर्नुहोस्-
आमिर र सलमानको बाटोबाट हट्दै शाहरुखले पछाडि सारे ‘रईस’को रिलिज मिती
शाहरुखको ‘फ्यान’ले तोड्यो रेकर्ड कमाई
‘के कारणले सुल्तान खेल्नुभयो?’ भन्ने प्रश्नमा सलमानले दिए प्रेरणादायी जवाफ
अमिताभकी नातिनी र शाहरुखका छोराको सम्बन्ध टुट्यो !

The post सन् २०१७ मा आमिरको कुनै चलचित्र नआउने, तर अन्य ठूला स्टार दुईवटा भन्दा बढिमा देखिने… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/24lwLYL
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.