भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

ऋतिक रोशन र कंगना रनावट बिचको विवादले चर्चा पाउँदा कंगनाको एक्स व्बायफ्रेन्डले सनसनी खुलासा गरेका छन्।
चर्चित कलाकार शेखर सुमनका छोरा अध्ययन सुमन ‘राज-२’ मा कंगना रनावटसंगै मुख्य भुमिकामा देखिएका थिए। यी दुवैबीच करिब १ बर्षसम्म अफेअर चलेको थियो। यीनै अध्ययनले कंगनाको बारेमा खुलासा गरेका छन्।
कंगना मलाई थप्पड मार्थिन, पिट्थिइन, अपशब्द बोल्थिन, गाली गर्थिन अनि कालो जादु गर्थिन, अध्ययनले भारतीय मिडियामा अन्तर्वार्ता दिँदै भनेका हुन।
‘कंगनाले मलाई एक ज्योतिष ‘पल्लवी’ कोमा लिइर गइन। उसले भनिन कि मेरो समय राम्रो छैन, पूजा गर्नु पर्नेछ। मलाई भरोसा थिएन, तर कंगनाले जोड गरिन। एक दिन उनले मलाई घर बोलाइन, पूजाको लागि। १२ बजे पूजा शुरु भयो। कंगनाको अपार्टमेन्टमा एउटा गेस्ट रुम थियो, जसलाई पुरा कालो कपडाले ढाकिएको थियो। भगवानको मूर्ति राखिएको थियो। डरलाग्दो थियो। उसले मलाई केही मन्त्र पढ्नको लागि भनेर ढोका बन्द गरियो। मलाई डर लागेको थियो। मैले केही गरिन। केही समयपछि बाहिर निस्केर झुट बोले कि मैले मन्त्र पढेर आएँ। एक दिन पल्लवीले राती १२ बजे मसानघाट गएर केही चीज फ्याँकेर आउन समेत भनिन। डरको कारण म गइन।’, अध्ययनले अन्तर्वार्तामा भने।
‘मेरी आमाले परिवारका पण्डित बोलाउनुभो। उनले सिधैँ सोधे, ‘खाना बनाउँछे तिम्रो लागि?’ मैले अँ भने। ‘आफ्नो अशुद्ध रगत मिलाउँछे खानामा, जादुको लागि’, पण्डितले भने। म डराएको थियो। स्कचको बोत्तल लिएर ड्राइभमा निस्कन्थे। अत्याधिक पिएर मर्ने स्थितीसम्म पुगेकको थिए।’, अध्ययनले भने।
पहिलो झड्का
अध्ययनले अगाडी भन्दै गए,
‘काइट्स’को सुटिङ चल्दै थियो। कंगना ऋतिक र उनकी पत्नीसंग निकै नजिकिएकी थिइन। ऋतिकले कंगनालाई बर्थ-डेमा बोलाएका थिए। मलाई पनि फोन गरे। मैले फुल अनि मंहगो स्याम्पेन किनको थिएँ। पार्टीमा हामी बसेका थियौं ऋतिक आए। कंगना तुररन्त उठीन अनि सोही स्याम्पेन दिदैँ भनिन, ‘ह्प्पी बर्थडे, यो मेरो तर्फबाट।’ उसले मलाई समेत भेटाइनन्। अन्यसंग कुरा गर्न थालिन। म एक्लै बसको थिए। कुनै बेला प्रेम दर्शाउँथिइन, अर्को क्षण उसको जिन्दगीमा मैले कुनै अर्थ राखिन। केही बेरमा आएर कोसैले छेडछाड गर्ने कोसिस गरेको बताउन थालिन। म उसलाई प्रोटेक्ट गर्न चाहन्थेँ, तर कसैको घरमा तमाशा गर्नु गलत हुन्थ्यो। मैले भने हिडँ जाऔँ। उ फिर्ता गइन। केही बेरमा आएर भनिन अब जाऔँ। म उसको साथ सिढीँबाट ओर्लदैँ थिएँ, तब फरक्क फर्किन अनि जोडले थप्पड हानिन, तथानाम गाली दिदैँ भनिन, ‘तँ मरो सक्सेसबाट जल्छस्।’ थप्पड यस्तो कडा थियो म रुन लागेँ।
पुरै मिडिया बाहिर थियो। कसरी बाहिर जाने? म बच्चा झैँ रोइरहेको थिए। उसको कुराले काँपेको थिए। उसले भनिन कि मैले उसलाई घर पुर्याइँदिउँ। कारमा फेरी उसले पिट्न सुरु गरिन। मैले ड्राइभरलाई कार रोक्न भने, म रिक्शा बाट घर जान्छु। म सडकको बिचमा रुदैँ थिए, पागल भन्दै कराउँदै थिएँ। उ गाली दिदैँ थिइन। मेरो परिवारको ड्राइभर जो २० वर्ष देखि संगै छन्, नजिक आएर भने, ‘मेरो लागि थौरै पनि माया छ भने घर हिडँ’। म त्यो रात कहिल्यै बिर्सन सक्दिन। मैले उसलाई घर छोडेँ, उसले चप्पल उठाएर मतर्फ फ्याँकिन। मेरो फोन भित्तामा फालिन।
सार्वजनिक कसरी भयो?
हामी एउटा गितको सुटिङको लागि दक्षिण अफ्रिका गएका थियौँ। एक पत्रकारको फोन आयो, कि मैले कंगनासंग डेट गर्दै छु? मैले होइन भने, मेरो राम्रो साथी हुन भने। उनले भने राती कंगनाको कोठामा गएको थाहा छ मलाई। मैले भने, एक महिलाको बारेमा यस्तो बोल्नु गलत हो। यसैबिच कंगना कराउन थालिन, ‘तिमी सत्य लुकाउन चाहन्छौँ कि मसंग डेट गर्दैछौँ। तिमीलाई लाग्छ कि म युज हुनको लागि हुँ।’
कंगनाले दबाब दिइन कि म सो पत्रकारलाई फोन गरुँ अनि कंगनासँग निकै प्रेम गर्छु भनि बताउँ। मैले फोन गरे अनि बयान दिएँ तर कंगनाले आफ्नो तर्फबाट बयान दिइनन्, मानिनन्। जब मुम्बई फर्केँ तब सबै पत्रिकामा त्यो कथा छापिएको रहेछ कि म कंगनासंग कति प्रेम गर्छु। मैले उसलाई भने कि यो गलत हो। पापाले गाली गर्नुभयो, यो स्टोरी एकतर्फी हुनुहुदैनथ्यो।
केही समय पछि पनि फेरी फेरी थप्पड खाएको घटना बताउँदै अध्ययनले अगाडी भने, म केही अरु नै भइसकेको थिए। पापा (शेखर सुमन)लाई इन्डस्ट्रीबाट फोन आयो, आदित्य पान्चोलीले फोन गरेका थिए, ‘शेखरजी के भइरहेको छ? त्यो केटी पागल हो, साइको हो, अनि यहि नै उसको बिहेवियर प्याटर्न हो।’
ब्रेकअप
पापा राजनीतिमा जादैँ हुनुहुन्थ्यो। उसले सोची पापाले उबाट प्रचार गराउनुहुनेछ। उसले पापालाई भनि,’तपाइको पुरा खानदान मेरो स्टारडम प्रयोग गर्न चाहन्छ?’ उ त्यो व्यक्तिसंग कुरा गर्दै थिइ जो २५ बर्ष इन्डस्ट्रीमा छन् र आफ्नो मेहेनतले माथी पुगेका छन्। म घर पुगेको थिएँ, उसले मलाई पापाको बारेमा निकै खराब म्यासेज गरिन। यो त हद भएको थियो। मैले म्यासेज गरेर भने, ‘अब तँ भाडँमा जा, हाम्रो सम्बन्ध खतम।’ उसलाई लाग्यो कि यो सबै पहिले भएको ब्रेकअप झै हो जब म फर्केर आएको थिएँ। मैले लेखे कि अब मलाई फोन वा म्यासेज नगर्नु। मैले उसलाई वर्षौँ देखि देखेको छैन। मलाई यसबाट बाहिर आउन पाँच वर्ष लाग्यो। जिन्दगीको सबैभन्दा महत्वपूर्ण वर्ष थिए। त्यसपछि म न्युयोर्क उडेको थिएँ।
यो पनि पढ्नुस्।
ऋतिक कंगना विवाद अदालतसम्म, एउटा प्रश्नको उत्तरले भएको थियो सुरु
ममता कुलकर्णी लागु औषध ओसार पसारमा संलग्न भएको खुलासा
सुष्मिताको पहिलो इंस्टाग्राम तस्बिर
कङ्गना र ऋतिकको अन्तरंग तस्विर सार्वजनिक
ऋतिक रोशनबारे पूर्व पत्निले दिइन् पहिलो प्रतिक्रिया
The post एक्स व्बायफ्रेन्डको खुलासा, ‘कंगानाले थप्पड हान्थिन, कालो जादु गर्थिन’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/24lvuRj
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

