भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी।
शाहरुख खानको आउन लागेको नयाँ चलचित्र ‘रईस’ मुश्किलको घडीमा फसेको खबर प्राप्त भएको छ। भारतको गुजरातका ग्याङ्गस्टर ‘अब्दुल लतीफ’का छोराले पेश गरेको आवेदनका कारण अहमदाबादको एक अदालतले शाहरुखको प्रडोक्सन हाउसलाई सूचना पठाएको छ। लतीफकै जीवनमा आधारित चलचित्र भएको हुनाले उनका छोरा ‘मुश्ताक अहमद शेख’ले अदालतमा आवेदन पेश गरेका हुन्।
पिताको नाम खराब गरेको आरोप…
यस चलचित्रमार्फत आफ्ना पिताको नाम खराब गरेको भन्दै मुश्ताकले शाहरुखलाई आरोप लगाएका छन्। साथै चलचित्रको रिलिज र प्रमोशनमा बन्दी लगाउने माग पनि मुश्ताकले गरेका छन्। चलचित्रको दोस्रो हिस्सामा लतीफलाई गलत तरिकाले पेश गरेको भन्ने उनले दाबी गरेका छन्। यसै कारण मुश्ताकले शाहरुखको प्रोडक्सन हाउससँग १०१ करोड भारुको जरिवाना माग गरेका हुन्।
कथा लेख्नेबेला भेट्न आएका थिए…
मुश्ताकका अनुसार चलचित्रको स्क्रिप्ट लेख्नेबेलामा केहि मानिसहरू उनका परिवारसँग भेट्न आएका थिए। त्यसका साथै चलचित्र निर्माताहरूले यो चलचित्र लतीफकै जीवनमा आधारित छ भनेर प्रचारप्रसार पनि गरिरहेका छन्। जसको कारण उसको परिवारमा अनेक किसिमका समस्याहरू उत्पन्न भएको मुश्ताकको आरोप रहेको छ।
यो पनि हेर्नुहोस्-
आमिर र सलमानको बाटोबाट हट्दै शाहरुखले पछाडि सारे ‘रईस’को रिलिज मिती
शाहरुखको ‘फ्यान’ले तोड्यो रेकर्ड कमाई
‘सुल्तान’ र ‘रईस’को टक्करदेखि हिच्किचाए शाहरुख खान
The post मुश्किलको घडीमा शाहरुखको ‘रईस’, ग्याङ्गस्टरका छोराले मागे १०१ करोड… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1rGWEEH
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

