भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

टाइगर श्रफ र श्रद्धा कपूर अभिनीत चलचित्र ‘बागी’मा तेलुगु अभिनेता ‘सुधीर बाबू’ले खलनायकको भूमीका खेलेका छन्। हुन त, उनले यस चलचित्रमा खलनायकको भूमीका पाउनुको पछाडि एक रोचक प्रसङ्ग लुकेको छ। खासमा, चलचित्रमा भित्रिनुभन्दा पहिला सुधीर ब्याडमिण्टन खेलाडी थिए र खेलमा उनको कला पनि उत्कृष्ट नै थियो। त्यसलगायत उनलाई भयानक स्टन्ट गर्ने शोक पनि थियो। त्यसैले आफ्नो कलालाई अरूसामु प्रस्तुत गर्नका लागि उनले युट्यूबमा च्यानल बनाए र आफ्ना स्टन्टहरू त्यसैमार्फत सेयर गर्दै गए। दर्शकहरूले पनि उनको स्टन्ट खुबै मनपराएका थिए। उनको यहि चर्चाकै कारण ‘बागी’का चलचित्रनिर्माताहरूले उनलाई यस चलचित्रको लागि प्रस्ताव राख्न पुगे।
बलिउडका लागि ‘सुधीर’ नयाँ नाम हुन सक्छ, तर साउथ इण्डष्ट्रीमा यो एक चर्चित नाम हो। तर धेरैलाई यो थाहा छैन कि सुधीर साउथका चर्चित अभिनेता ‘महेश बाबु’का नातेदार हुन्।
चलचित्रको लागि लिए विशेष ट्रेनिङ्ग…
आफ्नो अद्वित्तीय कला हुँदाहुँदै पनि ‘बागी’मा टाइगरलाई टक्कर दिनु सुधीरको लागि सजिलो कुरा थिएन। उनले भने- “मेरो लागि यो जरुरी थियो कि टाइगरको हरेक तालसँग ताल मिलाउनुपर्थ्यो, तर त्यो त्यति सजिलो भने थिएन। टाइगर पहिल्यै देखि मार्शल आर्ट्समा माहिर छन्, त्यसैले मलाई उनको बराबरी गर्नको लागि अतिरिक्त ट्रेनिङ्ग गर्नुपर्यो।”
‘बागी’लाई लुकाउनका लागि चाहियो ५० जनाको टोली…
बलिउडमा टाइगरलाई पहिला एक ‘असल केटो’को रूपमा हेरिने गरिन्थ्यो, तर ‘बागी’मा उनलाई ‘खराब केटो’को लूकमा देखियो। यसको लागि उनको लूक पनि परिवर्तन गर्नुपरेको थियो, जसलाई लुकाउनको लागि चलचित्रका निर्माता ‘साजिद नाडियाडवाला’ले करीब ५० जनाको टोली खटाएका थिए। ताकि चलचित्रको ट्रेलर रिलिज हुनुभन्दा पहिला टाइगरको लूक लीक नहोस्।
श्रद्धाले पनि खतरनाक स्टन्ट गरेको देखिनेछ…
आशिकी २ मा क्यूट गर्लको रूपमा देखिएकी श्रद्धालाई यस चलचित्रमा भिन्नै अवतारमा देखिएकी छिन्। चलचित्रमा उनले खतरनाक स्टन्ट गरेको देख्न सकिन्छ। जसको लागि उनले खास ट्रेनिङ्ग लिएकी थिइन्।
श्रद्धाले टाइगरलाई सिकाइन् स्कूबा डाइभिङ्ग…
‘बागी’मा श्रद्धा र टाइगरले पानीभित्र पनि थुप्रै दृश्यहरू गर्नुपरेको थियो, जसको लागि श्रद्धाले टाइगरलाई स्कूबा डाइभिङ्ग सिकाउनुपरेको थियो। श्रद्धाले ‘एक भिलेन’ चलचित्रमा पानीभित्रको दृश्य गर्नको लागि स्कूबा डाइभिङ्ग सिकेकी थिइन्, जुन यस चलचित्रमा काम लाग्यो।
ट्रेलरले मच्चायो धमाका…
‘बागी’को ट्रेलर गत १४ मार्चमा रिलिज भएको थियो र यसको भिडियो युट्यूबमा ४ दिनभित्रमा ५० लाखले हेरेका थिए।
यो पनि हेर्नुहोस्-
श्रद्धालाई ‘ली’सँग भेटाउन चाहन्छन् टाइगर श्रफ
जब मैले पहिलोपटक भिडियो हेरेँ, धन्नै सोफाबाट खसेकी थिएँ – श्रद्धा कपुर
कङ्ग फू को सुरुवात भारतबाट भएको हो- टाइगर श्रफ
टाइगर श्रफको कुरा सुनेर ज्याकी च्यान चकित
The post एक भिडियोले चम्कायो भाग्य, बने टाइगरका भिलेन- ‘बागी’को बारेमा अन्य रोचक तथ्य… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1N5ahqI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

