भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

टी-२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भारत घरेलु मैदानमा वेष्ट इण्डिजसँग ७ विकेटले पराजित भएको छ ।
मुम्बईको वनखडे मैदानमा भएको सेमिफाइनलमा वेष्ट इन्डिजले भारतको विश्वकप यात्रामा पूर्ण बिराम लगाउदै फाइनलमा प्रवेश गरेको छ ।
भारतलाई ७ विकेटले पराजित गर्दै वेष्ट इन्डिजले फाइनलमा आफ्नो स्थान निश्चित गरेको हो ।
भारतले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ३ विकेटको क्षतिमा २ बल अगाबै जित निकालेको हो ।
वेष्ट इन्डिजका लागि साइमनसले सर्वाधिक ८२ रन जोडे । साइमनले ५१ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८२ रन प्रहार गर्दै वेष्ट इन्डिजलाई जित दिलाए।
त्यस्तै जोह्न्सन चार्ल्सले ५२, एन्ड्रु रसेल ४३ रन जोडे । क्रिस गेल ६ बलमा ५ रन जोड्दै आउट भए ।
भारतका लागि जस्प्रित भुम्राह, आसिस नेहरा र विराट कोहलीले समान एक एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको भारतले निर्धारित २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ९२ रन जोड्यो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ८९ रन जोडे। उनले ४७ बलमा ८९ रन प्रहार गरेका हुन् ।
त्यस्तै भारतका लागि रोहित शर्मा ४३, अजिंके राहने ४०, कप्तान महेन्द्र सिंह धोनी १५ रन जोडे ।
वेष्ट इन्डिजसंगको हारसंगै विश्वकपमा भारत यात्रा यहि समाप्त भएको छ।
जितसंगै वेष्ट इन्डिजले उपाधिका लागि इंग्ल्याण्डसंगको भेट निश्चित गरेको छ। उपाधि भिडन्त अप्रिल ३ मा हुनेछ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1q7VQrt
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

