भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं १८ चैत्र – प्रवेशिका (एसएलसी) परीक्षाको ८३ औं संस्करण (आज)बिहीबार सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि मुलुकभर निर्धारण गरिएको एक हजार नौ सय ४३ वटै केन्द्रमा सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। अनुशासित तथा पूर्णआत्मविश्वासका साथ परीक्षा हलमा प्रवेश गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई आग्रह गरेको छ। कार्यालयले परीक्षा सञ्चालनमा संलग्न विद्यार्थी, अभिभावक, शिक्षक, सुरक्षाकर्मी तथा सरोकारवाला अन्य पक्षलाई पनि परीक्षाको वातावरण भयरहित बनाउन अनुरोध गरेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार सम्बन्धित जिल्ला तथा परीक्षा केन्द्रमा परीक्षाका लागि आवश्यक प्रश्नपत्र तथा उत्तरपुस्तिका पुर् याइसकिएको छ। परीक्षा केन्द्रका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा छन् ।
The post एसएलसीको परीक्षा आजदेखि, ६ लाख विद्यार्थी सहभागी हुँदै appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

