भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

नेपाल विद्युत् प्राधिकरण र युनाइटेड मोदी जलविद्युत् कम्पनीबीच तल्लो मोदी–२ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्झौता भएको छ ।
सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरेपछि सो कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता सम्पन्न भएको यो पहिलो पटक हो ।
कुल १० दशलमब ५ मेगावाट क्षमताको सो आयोजना तल्लो मोदी–१ को क्यासकेड आयोजनाका रुपमा रहेको छ । सम्झौतामा युनाइटेड मोदी हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुधीरप्रसाद तिमिल्सिना र प्राधिकरणका उपकार्यकारी निर्देशक राजिव शर्माले हस्ताक्षर गर्नुभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार प्राधिकरणले हिउँदको समयमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाको समयमा ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद गर्नेछ ।
‘इक्वीटी’ तथा बैंकको ऋणबाट निर्माण गर्ने योजना रहेको उक्त आयोजनाबाट उत्पादित विद्युत् तल्लो मोदी–१ (१० मे.वा.) निर्माणका क्रममा कम्पनी आफैँले निर्माण गरेको १३२ केभी क्षमताको कुल ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय सबस्टेसनमा जोडिनेछ ।
कम्पनीले २०७६ साल असारमा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित स्थानीय र जनतालाई समेत सहभागी गराउने उद्देश्यअनुरुप साधारण सेयर जारी गर्ने प्रक्रियासमेत अगाडि बढाइसकेको विज्ञप्तिमा जनाइएको छ ।
विद्युत् खरिदसम्बन्धी सम्झौतामा यही फागुन १४ गते शुक्रबार हस्ताक्षर भएको हो
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1XUXDeC
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

