भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ फागुन, एजेन्सी ।
बलिउड अभिनेत्री एवं पूर्व विश्व सुन्दरी प्रियंका चोपडाले पहिलो पटक अस्कर अवार्डमा डेब्यु गर्दा आफ्नो सुन्दरताको जादु चलाएकी छिन् ।
यस अघि हलिउडको ‘SAG अवार्ड’ मा प्रस्तोता बनेकी भएपनि अस्कार समारोह प्रियंकाका लागि यो नै पहिलो हो । स्ट्रापलेश गाउनमा अस्कर समारोहमा देखिएकी प्रयंकालाई पारदर्शी पहिरनले सुन्दर बनाएको थियो ।
८८ औं अस्कर समारोहमा पुगेकी प्रियंकाले लेवनानी डिजाइनर जुहाइर मुरादले डिजाइन गरेको पहिरन लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लिएभ चेरिबरसँग देखिएकी प्रियंकाले बेष्ट एडिटिङ क्याटेगोरीको अस्कर प्रदान गरेकी थिइन् ।
अस्कर समारोहमा प्रियंकाले लगाएको हिराको गहना पनि चर्चाको विषय बनेको छ । प्रियंकाले लगाएको झुम्का ३२ लाख डलर र १० क्यारेटको हिराको औंठीको ८ लाख ५० हजार डलरको रहेको बताइएको छ ।
त्यसैगरी उनले लाएको ८ क्यारेटको औंठी ३ लाख अमेरिकी डलरको रहेको बताइएको छ ।
प्रियंका यस अघी नै अमेरिकी टिभी शो क्वन्टिकोबाट हलिउडमा चर्चामा आइसकेकी छिन् ।
लियोनार्दोको अस्कर भाषण भाइरल (भिडियो सहित)
लियोनार्दोले रचे इतिहास, उत्कृष्ठ अभिनेताको अस्कर अवार्ड
अन्ततः लियोनार्दोले ओस्कार पाएरै छाडे- ओस्कार २०१६ बिजेताको सूची
The post अस्कर अवार्डमा प्रियंकाको पोज (फोटो फिचर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1oRX21A
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

