Loading...
Loading...
हेर्नैपर्ने लियोनार्दोका यी ९ उत्कृष्ट चलचित्र
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कुशल श्रेष्ठ

आखिरमा लियोनार्दो दिक्याप्रियोले ओस्कार पाएरै छाडे।

अमेरिकाको क्यालिफोर्नियामा सन् १९७४ नोभेम्बर ११ मा जन्मिएका लियोनार्दो दिक्याप्रियोले सन् १९९१ मा रिलिज भएको ‘क्रिटर्स ३’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए। चलचित्रमा पहिलोचोटि प्रमुख पात्रका रूपमा उनले सन् १९९५ को ‘द बास्केटबल डायरिज’मा खेलेका थिए।

उनले कैयौँ उत्कृष्ट चलचित्रहरू खेलेका छन्। उनका कतिपय चलचित्रहरू त पछिल्ला वर्षका ओस्कार अवार्डमा नोमिनेट पनि भएको थियो। तर ओस्कार उनको पहुँचमा आउन सकेको थिएन।

विश्वप्रख्यात हलिउड चलचित्र ‘टाइटनिक’को चकलेटी हिरो देखि ‘द रेभनान्ट’को शिकारीसम्म उनको यात्रालाई चलचित्र इतिहासमै सफलताको यात्रा भन्न सकिन्छ।

ओस्कार लगायत अन्य कैयौँ पुरस्कार पाइसकेका लियोनार्दो अधिकांश चलचित्र निर्देशकलाई मनपर्ने अभिनेता हुन्।

यी कुराहरू छाड्दिउँ, यदि तपाईँ लियोनार्दोलाई राम्रोसँग चिन्नुहुन्न अनि उसको अभिनय हेर्नुभएको छैन भने उनका यी ९ चलचित्रहरू हेर्न नछुटाउनुहोलाः

१. टाइटानिक (Titanic)

सन् १९९७ मा रिलिज भएको यस चलचित्रमा सन् १९१२ अप्रील १४ मा घटेको वास्तविक घटनालाई समावेश गरिएको छ। तर, यसमा चलचित्र निर्देशक ‘जेम्स क्यामेरुन’ले वास्तविक कथासँगै प्रेम कथा पनि मिसाएका छन्, जसले गर्दा यो चलचित्र अझसम्मकै सर्वोत्कृष्ट चलचित्रको रूपमा देखा पर्न सफल भएको छ। यस चलचित्रका नायिका ‘केट विन्सलेट’ले ओस्कार पाएकी थिइन्, चलचित्रले पनि उत्कृष्ट चलचित्रको ओस्कार पाएको थियो, तर उत्कृष्ट अभिनयको बाबाजुद पनि लियोनार्दोले ओस्कार पाउन सकेनन्।titanic_movie-1920x1080

२. ब्लड डायमण्ड (Blood Diamond)

हीराको तस्करी गर्ने पात्रको भूमीका खेलेका लियोनार्दोलाई यस चलचित्रबाट खुब प्रशंसा मिलेको थियो। सन् २००६ मा रिलिज भएको यस चलचित्र ओस्कारको पानि नोमिनेट पनि भएको थियो, तर दुर्भाग्यवश लियोनार्दोले ओस्कारलाई टाढैबाट हेरेर चित्त बुझाउनुपर्यो।Blood_Diamond_2006_FS_R1-cd-http://bit.ly/1Qn5AYi

३. इन्सेप्सन (Inception)

दिमाग चटाउने सपनाको बारेमा बनेको यस चलचित्र सन् २०१० मा रिलिज भएको थियो। चलचित्रको कथा, पटकथा, निर्देशन अनि निर्माणको क्षेत्रमा थुप्रै अवार्डहरू बटुलेको यस चलचित्रले पनि लियोनार्दोलाई ओस्कार दिलाउन सकेन।inception-movie-poster

४. क्याच मि इफ यू क्यान (Catch me if you Can)

टम ह्याङ्क्स र लियोनार्दो दिक्याप्रियोको उत्कृष्ट अभिनयले भरिएको शनशनीपूर्ण यस चलचित्रमा क्याप्रियोले एक खुंखार चोरको भूमीका खेलेका छन्। सन् २००२ मा रिलिज भएको यस चलचित्रले पनि लियोनार्दोलाई ओस्कारको धोको मेटाउन सकेन।catch_me_if_you_can_1358235647

५. सटर आइल्याण्ड (Shutter Island)

सन् २०१० मा रिलिज भएको सटर आइल्याण्डले पनि तपाईँको दिमागलाई अवश्य घुमाउँछ। लियोनार्दोको अद्वित्तीय अभिनयले त झन् सुनमा सुगन्ध थपिदिएको छ। तर, ओस्कारको लागि लियोनार्दोले अझै मीहिनेत गर्नुपर्ने यस चलचित्रले प्रष्ट पारेको थियो।Shutter-Island

६. जाङ्गो अनचेन्ड (Django Unchained)

सन् २०१२ मा रिलिज भएको यस चलचित्रमा लियोनार्दोको त्यति धेरै भूमीका त छैन, तर जति समय उनलाई देखाइएको छ, त्यतिले नै उसको बहुमुखी प्रतिभालाई झल्काउन सफल भएको छ।DjangoUnchainedOfficialPosterLSTheWeinsteinCo_featured_photo_gallery

७. द बास्केटबल डायरिज (The Basketball Diaries)

लियोनार्दोले पहिलोचोटी प्रमुख नायकको भूमीका खेलेको चलचित्र यहि नै हो। बास्केटबल खेलाडी कसरी एक लागूपदार्थ दुर्व्यसनमा फस्छन् भनेर देखाउन खोजिएको यस चलचित्रमा लियोनार्दोले उत्कृष्ट अभिनय गरेका छन् भन्दा कसैको दुईमत नहोला।3.+THE+BASKETBALL+DIARIES+Poster

८. द वुल्फ अफ वाल स्ट्रिट (The Wolf of Wall Street)

अति नै रचनात्मक अनि प्रतिभाशाली ब्रोकर एजेण्टको भूमीकामा प्रस्तुत भएका लियोनार्दोले अवश्य ओस्कार पाउँछन् भनेर सबै शुभचिन्तकहरू ढुक्क थिए, तर सोहि वर्षमा रिलिज भएको ‘आर्गो’ले ओस्कार हात पारेपछि लियोनार्दोको आश मरेको थियो।the-wolf-of-wall-street-poster

९. द रेभनान्ट (The Revenant)

वास्तविक घटनामा आधारित यस चलचित्रमा लियोनार्दोले एक शिकारीको भूमीका खेलेका छन्। यसै चलचित्रबाट उनले अन्ततः ओस्कारलाई चुम्न सफल भए।therevenant-movie-poster

यदि यी चलचित्रहरू मध्ये तपाईँले कुनै एउटा मात्र पनि हेर्नुभएको छैन भने, आजै हेरिहाल्नुहोस्। उनले ओस्कार जितोस् भन्ने सारा विश्वको चाहना थियो। उनका जुनकुनै पनि चलचित्र हेरेर ‘नराम्रो फिल्म’ हेरेँ भनेर पछुताउनुपर्दैन।

यो पनि हेर्नुहोस्-
अन्त्य भयो ओस्कार २०१६: अवार्डका उम्मेदवार र बिजेताको पूर्ण सूची
ओस्कारको एउटा तस्विरले ट्विटर क्र्याश..(तस्विर सहित)
हलिउडमा समेत चर्चित बलिउडका १० कलाकार
हिट हुनकै लागि हलिउडमा यो वर्ष रिलिज हुने १५ फिल्म (ट्रेलर भिडियो सहित)

The post हेर्नैपर्ने लियोनार्दोका यी ९ उत्कृष्ट चलचित्र appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1LPzmQf
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.