आफ्नै साथीले टाउकोमा खुकुरी प्रहार गरी हत्या !
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
टाउकोमा खुकुरी प्रहार गरी तेह्रथुमको थोक्लुङ–३ का ३३ वर्षीय रमेश कन्दवाको हिजो बिहान हत्या भएको हो ।
आफ्नै साथीसँग खानेपानीको मुहान मर्मत गर्ने विषयमा विवाद हुँदा हत्या भएको हो ।
ताप्लेजुङ साब्लाखुका ४५ वर्षीय पदम पन्धाकले आफ्नै साथीको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक सुदीपराज भण्डारीका अनुसार आइतबार बेलुका सङ्क्रान्ति गाविसको मूलपानीस्थित मुहानमा खानेपानीको पाइप मर्मत गर्न जाँदा उनीहरुबीच आपसमा विवाद भएको र पन्धाकले रमेशको टाउकोमा खुकुरी प्रहार गरेको बताउनुभयो ।
अस्पतालमा उपचारका क्रममा रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने पन्धाक फरार रहेको प्रहरी भण्डारीले बताउनुभयो ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1L0uOLU
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

