भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

पोखरा, १४ माघ-
राजधानी बाहिरका क्षेत्रलाई मोफसल भन्ने चलन छ । र, केन्द्रिकृत शक्तिका कारण मोफसल हरेक कुरामा पछाडि पर्दै आएको छ । यस्तै एउटा क्षेत्र हो, कला क्षेत्र पनि । राजधानी बाहिरका शहरहरुको पिडा पोखरामा निर्माण भएको फिल्म ‘मोफसल’ले बोल्छ ।
नेपालका विभिन्न शहरहरुमा प्रदर्शन भैसकेको यो फिल्म अब अन्तराष्ट्रिय बजारतर्फ लागेको छ । फिल्मको पहिलो अन्तराष्ट्रिय प्रदर्शन हङकङमा हुने भएको छ । पोखरामा भने यसअगाडि नै जेठमा यो फिल्म चलिसेकेको छ ।
दीपज्योती कला साँस्कृतिक मञ्चको ब्यानरमा आशिष पुनले निर्माण गरेको फिल्मलाई दिपेन्द्र श्रेष्ठले निर्देशन गरेका हुन् । थुप्रै फिल्ममा अभिनेताको रुपमा रहेका दिपेन्द्रको यो डेब्यू निर्देशकिय फिल्म हो । केहि समय यता हङकङमा बस्दै आएका निर्देशक दिपेन्द्र श्रेष्ठले नै हङकङमा फिल्म प्रदर्शन गर्ने चाँजोपाँजो मिलाएका हुन् ।
निर्माणपक्षले दिएको जानकारी अनुसार हङकङमा यो फिल्म ६ फेबु्रअरीमा चल्नेछ । हङकङ नेपाल बडि विल्डिङ एशोसियसनको आयोजनमा गर्न लागिएको फिल्मको विशेष शो लाई लिएर निर्माणपक्ष निकै आशाबादी देखिएको छ । त्यसपछि जापान र कोरियामा फिल्म प्रदर्शन गरिने अभिनेता समेत रहेका निर्माता आशिष पुनले जानकारी दिए ।
विदेशमा प्रदर्शनका लागि निर्माणपक्षले यो फिल्मको पोस्ट प्रोडक्शनमा अझै मेहेनत गरेको छ । ‘पहिलाको तुलनामा अझै राम्रो र गुणस्तर फिल्म बनेको छ ।’ निर्देशक दिपेन्द्र श्रेष्ठले भने–‘नेपालबाट निकै राम्रो प्रतिक्रिया आयो । अब विदेशमा पनि त्यस्तै खाले प्रतिक्रियाको अपेक्षा मैले गरेको छु ।’ पहिलो निर्देशकिय फिल्मबाट आफु निकै सन्तुष्ट भएको दिपेन्द्रले बताए ।
फिल्ममा आशिष पुनसंगै दिपक थापा (माफपाम), चेन आले, प्रेमा गुरुङ, गम्भीर रानामगर, रोश्नी गुरुङ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । १७ लाख रुपैयाँमा फिल्म निर्माण भएको हो ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1PHMwFN
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

