Loading...
Loading...
‘मान भर्सेज मती’ ले बनाउला त पोखरामा नाटक घर ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पोखरा, १४ माघ-
काठमाण्डौमा दर्शकले निकै रुचाएको नाटक ‘मान भर्सेज मती’ पोखरामा पनि मञ्चन हुने भएको छ । माघ १५ गते शुक्रबार पोखरा सभागृहमा नाटक मञ्चन हुने भएको हो । पोखरामा निर्माण हुन लागेको नाटक घरका लागि आर्थिक सहयोग जुटाउन यो नाटक मञ्चन हुन लागेको हो ।

थिएटर मल काठमाण्डौले तयार पारेको यो नाटक पोखरामा यूथ क्रियशन थिएटरको अगुवाईमा मञ्चन हुन लागेको हो । अपरान्ह ४ बजेदेखि मञ्चन हुने नाटकका लागि दर्शकले टिकट काट्नुपर्नेछ । नाटकको लेखन, परिकल्पना तथा निर्देशन केदार श्रेष्ठले गरेका हुन् ।

‘नाटक मञ्चनको खर्च कटाएर बचेको सम्पूर्ण रकम नाटक घर निर्माणका लागि प्रयोग गरिनेछ ।’ नाटकघर निर्माण समितिका सँयोजक तथा यूथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले भने–‘नाटक घर बनाउने हाम्रो अभियानमा सबै पोखरेलीको साथ रहन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

यूथ क्रियशन थिएटरले नाटक घर निर्माण थालेको थुप्रै भयो । यद्यपी बैशाख १२ को भूकम्प र त्यसपछि भारतले गरेको अघोषित आर्थिक नाकाबन्दीका कारणले नाटकघर निर्माण कार्य प्रभावित बनेको छ । ‘सम्पूर्ण रुपमा आर्थिक सहयोग संकलन गरेर नाटक घर निर्माणका लागि जुटेका हामीहरु विभिन्न कारणले समस्यामा प¥यौँ ।’ यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले भने–‘जे जस्तो भएपनि अब त्यतिकै बस्नु हुँदैन भनेर हामीले नाटक मञ्चन गरेर रकम जम्मा गर्ने योजना बनाएका हौँ ।’

नाटक घर करिब आधा भन्दा बढि निर्माण भैसकेको छ । सम्पूर्ण रुपमा नाटकघर निर्माण गर्न २० लाख रुपैयाँ लाग्ने यूथ क्रियशन थिएटरले जनाएको छ । देश तथा विदेशबाट पनि नाटकघरको लागि सहयोग जुट्ने क्रम पछिल्लो समय अलिक बढेको थिएटरले जनाएको छ ।



# Source News from Entertainment – Taja Khabar http://bit.ly/1PHMwFQ

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.