भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

पोखरा, १४ माघ-
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग समाजद्धारा आयोजित ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१६ को तयारी पुरा भएको छ । सम्पुर्ण तयारी पुरा भएको छ अब अन्तिम प्रतिस्पर्धा मात्रै बाँकी छ प्रतियोगिता संयोजक जेसिका तामाङ्गले बताए । समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा २०१६ आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए ।
प्रतियोगितामा तामाङ्ग समुदायका १२ जना प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगीहरुमा पोखरा संगमटोलका मुना स्याङ्गबो तामाङ्ग, लेकसाईडकी जानुका तामाङ्ग, ढुङ्गेसाँघुका सोनी दोङ्ग तामाङ्ग, बगरका सोनी योञ्जन तामाङ्ग, शहिदचोकका बिपना लामा, लेकसाइड खहरेका मनिषा तामाङ्ग, लेकसाईड डिहिको पाटनका आस्मा तामाङ्ग, निमा तामाङ्ग, जिना तामाङ्ग, लेखनाथ रिठ्ठेपानीका उत्साह तामाङ्ग, लेकसाईडका डोल्मा लामा र गीता लामा रहेका छन् ।
प्रतियोगीहरुलाई १ महिना लामो ब्यक्तित्व बिकास सम्बन्धी तालिम दिइएको थियो । तामाङ्ग भाषाको विषयमा जयन्ती तामाङ्ग , संस्कृति सम्बन्धी धनबहादुर तामाङ्ग, सार्वजनिक भाषण कलाका बिषयमा पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल ले तालिम दिएका थिए । यस्तै महिला अधिकारका बारेमा अधिवक्ता जुनाकुमारी गुरुङ्ग, महिला सशक्तीकरण बिषयमा मिना गुरुङ्ग, नेतृत्व बिकासका बिषयमा बिग एफ एमका अध्यक्ष महेश भण्डारी, कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङ्ग, र्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष प्रदिप कँुवर, तामाङ्ग धर्म तथा संंस्कारका बिषयमा मिन गुरुले सहजीकरण गरेका थिए । ब्यवस्थापकिय दक्षताका बिषयमा ओम फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धी मल्ल, फिटनेसमा तमन्ना गुरुङ्ग तथा ट्राफिक नियमका बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका नायब निरिक्षक राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए । कार्यक्रमको कोरियोग्राफर निशा प्रजापति तथा सहायक कोरियोग्राफर सुलोचना शाक्य रहेका छन् ।
माघ १६ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा डान्स इण्डिया डान्सका उपविजेता निर्मल तामाङ्गलाई सम्मान गरिने समाजका अध्यक्ष तामाङ्गले बताए । कार्यक्रममा इन्दिरा गोले गुरुङ्ग, निर्मल तामाङ्ग, शुक्र लामा र संजिव लामाको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1ZW37VI
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

