भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ, १५ माघ ।
नेपाल आयल निगमका मुलुकभर रहेका डिपोमा २ करोड ५ लाख ८० हजार लिटर इन्धन मौज्दात छ । यति धेरै इन्धन मौज्दात भए पनि निगमले सर्वसाधारणलाई इन्धन वितरण गर्ने पम्पमा पर्याप्त तेल पठाएको छैन ।
सोही कारण सर्वसाधारणले सहज रूपमा इन्धन भर्न पाएका छैनन् । तर, निगम कर्मचारीसँग पहुँच राख्ने वर्ग र उच्च पदस्थले भने तोकआदेशका भरमा इन्धन भर्दै आएका छन् । तोकआदेशमा धेरै तेल बाँड्दा वितरण प्रणालीमा धेरै तेल गएको देखिन्छ, तर सर्वसाधारणले पाउन सकेका छैनन् ।
निगमका वितरण विभाग निर्देशक दीपक बरालका अनुसार हाल भारतीय आयल कर्पोरेसन (आइओसी) को डिपोबाट कुल खपतको ४५ प्रतिशत इन्धन आइरहेको छ । तर, सर्वसाधारणले उत्तिकै सास्ती खपेर तेल भर्नु परिरहेको छ । पेट्रोलियम व्यवसायीले समेत सबै पम्पलाई समानुपातिक रूपमा इन्धन वितरण नगर्दा सर्वसाधारणले पाउन मुस्किल भइरहेको बताइरहेका छन् । निगमले सेना, सशस्त्र, प्रहरी र साझा सहकारीबाट सञ्चालित पम्पबाट पेट्रोल वितरणलाई प्राथमिकतामा राखेको छ । डिजेल भने सबै पम्पलाई आलोपालो प्रणालीमा उपलब्ध गराइरहेको निगमको दाबी छ ।
निगमको मुलुकभर रहेका १० वटा भण्डारणगृहमा २ करोड ५ लाख ८० हजार लिटर इन्धन मौज्दात छ । त्यसमध्ये सबैभन्दा धेरै डिजेल १ करोड २० लाख ३१ हजार लिटर मौज्दात छ । त्यसपछि पेट्रोल ३६ लाख ६६ हजार लिटर मौज्दात छ । हवाई इन्धन ३५ लाख ६८ हजार र मट्टीतेल १३ लाख १४ हजार लिटर मौज्दात छ । निगमका मुलुकभर ७ करोड लिटर इन्धन भण्डारण क्षमताका डिपो छन् ।
आइओसीबाट कुल खपतको ४५ प्रतिशतसम्म इन्धन आयात भइरहेको छ । खपतको झन्डै आधा इन्धन आए पनि सर्वसाधारणले सजिलै इन्धन भर्न पाइरहेका छैनन् । निगमको वितरण विभाग प्रमुख दीपक बरालले आइओसीबाट ४५ प्रतिशत इन्धन आयात भइरहेको र पछिल्लो समय वितरण परिमाण बढाइएको बताए । ‘अहिले पनि आइओसीका डिपो अगाडि नेपालबाट तेल भर्न गएका ट्यांकर लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने । उनले आइओसीबाट निर्बाध तेल लोडिङ नभएसम्म सबै पम्पमा मागेजति दिएर तेल वितरण सहज गराउन नसकिने बताए ।
निगमले पछिल्लो समय उपत्यकामा पेट्रोल ३ लाख लिटर र डिजेल ३ लाख ५० हजार लिटर वितरण गरिरहेको बताएको छ । निगमले तोकआदेशका भरमा पहुँचवाला वर्गलाई दैनिक थानकोट डिपोबाट ५० हजार लिटरसम्म डिजेल दिन्छ । त्यस्तै, थानकोट डिपाले थप ४० देखि ५० हजार लिटरसम्म साझा पेट्रोलपम्पलाई डिजेल दिन सिफारिससमेत गर्दै आएको छ । पहिलेको तुलनामा निगमले सिफारिसका आधारमा पेट्रोल पनि धेरै बाँड्न थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
from #http://bit.ly/1PBr6Ul
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

