Loading...
Loading...
ताप्लेजुङमा भारी हिमपात, जनजीवन प्रभावित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १७ पुस । गएरातिदेखि ताप्लेजुङमा भारी हिमपात सुरु भएको छ । बिहिबार दिउँसो पानी परेसँगै चिसोका कारण ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो । ताप्लेजुङमा हिजो १ दशमलव २ मिलिमिटर वर्षा भएको थियो ।

३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा एक फिटसम्म हिमपात भएको छ । माथिल्लो फेदिसम्म हिउँ झर्दा होटल व्यवसायीसमेत प्रभावित बनेका छन् ।

हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तीर्थस्थल पाथिभरामा पनि हिमपात भएको छ ।

माथिल्लो क्षेत्रका बस्तीमा बाक्लो हिमपात भएसँगै सदरमुकाममा पनि चिसो ह्वात्तै बढेको छ । चिसोको असर बृद्धबृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको छ ।

The post ताप्लेजुङमा भारी हिमपात, जनजीवन प्रभावित appeared first on Medianp.com.



- feed news from समाचार – Medianp.com http://bit.ly/1PAyRNb
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.