Loading...
Loading...
पहिला राष्ट्रिय सलामी, त्यसपछि अन्त्येष्टि
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, १६ पुस । सगरमाथा संरक्षक अभियन्ता वाङछु शेर्पालाई राष्ट्रिय सलामी सहित अन्त्यष्टी गर्न परिवारले माग गरेको छ । राष्ट्रिय महत्वको विषयमा गरेको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय सलामी दिनुपर्ने माग परिवारले गरेको हो । ४८ वर्षको उमेरमा पुस १५ मा निधन भएका शेर्पाको पार्थिव शरीर परम्परागत पूजापाठ र अन्तिम श्रद्धाञ्जलीको लागि शेर्पा सेवा केन्द्र बौद्धमा राखिएको छ । राजधानीमा वौद्धमा पत्रकारसम्मेलन आयोजना गरि शेर्पालाई यसअघि नै राष्ट्रिय सलामी दिनुपर्ने आफूहरुले माग गरेको आङफूला शेर्पाले जानकारी दिए ।12443238_1023815437641669_333072939_n
दुई छोरी र एक श्रीमाति रहेका शेर्पालाई बिहीबार नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र सभासद यज्ञराज सुनुवारले श्रद्धान्जली दिएका थिए ।
को हुन वाङछु ?
वाङछु शेर्पालाई चिन्ने प्रशस्तै पहिचान भएतापनि अहिलेसम्म धेरैले वरिष्ठ पर्यटन व्यवसायी, पर्वतारोही तथा समाजसेवी भनेर चिन्दै आएका थिए । केहीदिन अघि नेपाल सरकारले सगरमाथा संरक्षक अभियन्ता २०७२ ले सम्मान गरेपछि वाङछुलाई चिन्ने अर्को पहिचान थपिएकोे थियो, सगरमाथा संरक्षक अभियन्ता ।

12467926_1023815414308338_1366712284_n
४८ वर्षीय वाङछुले सगरमाथाको संरक्षणको निम्तीलामो समय बिताएका थिए । सगरमाथा आरोहण गर्न जानेहरुले फालेको फोहोर सगरमाथामा प्रदुषण बढ्दै जाँदा नेपाल सरकारको समेत ध्यान नगएको त्यो बेला उनै वाङछु सगरमाथा संरक्षण अभियान सञ्चालन गरेर १५ सय टन फोहोर संकलन गर्न सफल भएका थिए । सगरमाथामा कुनै फोहोरहरु हालसम्म पनि थुप्रिएका छैनन् । उनले आफुले गर्न सक्ने काम कसैलाई हारगुहार नगरी आफैं एक्लै पनि गरिरहन्थे । उनी एक्लैले गर्न नसक्ने काम सम्बन्धित निकाएकमा ध्यानआकर्षण गराएर भएपनि सफल बनाउँथे । बढ्दो जलवायु परिवर्तनमा सरकारको ध्यानआकर्षण गराउनको निम्ती उनैको सक्रियता र आयोजनामा सगरमाथाको आधार शिविर कालापत्थारमा मन्त्रिपरिषद्को बैठक समेत राख्न भूमिका खेले । यस्ता दर्जनौ विशिष्ट काम गरेका व्यक्ति क्यान्सरबाट ग्रसित भएपछि सरकारले उनीप्रति चासो देखाएको छ । अस्पतालमै एक कार्यक्रमको आयोजना गरेर नेपाल सरकार तथा पर्यटन मन्त्रालयले उनले जीवनकालमा गरेका कार्यहरुको उच्च मूल्याङकन कदर गर्दै सम्मान समेत गरेको थियो ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.