भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ, १३ मंसिर । भारतले गरेको अघोषित नाकाबन्दीको असर सर्वसाधारण जनतामा त परेकै छ । जनताले ग्यासको अभावसँगै पाएसम्म मट्टीतेल, डिजेल, नपाएको खण्डमा दाउरा बालेर खाना खाने गरेका छन् । पछिल्लो समयमा भारतले गरेको अमानवीय र निकृष्ठ व्यवहारबाट आम नेपाली जनताको मन दुःखेको छ । धेरैले धेरै माध्यमबाट दुखेसो पोखेका छन् ।
आम नेपालीले भनेका छन्, बरु दाउरामा पकाएर खाँऔला तर राष्ट्रियता बेच्नु हुँदैन । यसलाई नेपाली सर्वसाधारणले मात्र होईन पुर्व युवराज पारसले पनि साथ दिएका छन् । उनले आइतबार समाजिक सञ्जाल फेसबु्कमा यस्तै आसयको स्टाटस पोष्ट गरेका छन् ।
उनको यो स्टाटस निकै राष्ट्रवादी छ, जसको धेरैले प्रशंसा गरेका छन् । उनले स्ट्याटसमा तीन महिनासम्म ग्याँस र इन्धनको अभावमा पनि नेपालीहरु सन्तुष्ट भएर बसेको कुरालाई उठाएका छन् । ‘नेपाली समाज किन यति पिछडिरहेको छ ।
हामी अरुले हाम्रो धर्म खोसेर लैजादा पनि ठिक भनेर बसेका छौँँ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामीसँग तीन महिनासम्म ग्याँस नहुदा आगोमा पकाएर खादा पनि हामी सन्तुष्ट छौँ ।’ उनले आफुले आगोमा ध्यू थम्ने काम गरेको होइन भन्दै नेपाली समाजलाई बुझाउने कोशिस मात्र गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रियता बेच्नु नहुने बताएका छन् ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

