भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

श्रोत धनकुटा खबर – रबिन कटेल, धनकुटा १३ असोज / धनकुटाको डाँडाबजारमा बुधवार राति देवरले भाला प्रहार गरी भाउजुको हत्या गरेका छन । डाँडाबजार २ का ३२ बर्षिय काली बहादुर याखाले आफ्नै भाउजु ३४ बर्षिया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कन्ट्रोलवाट प्रहरी सहायक निरीक्षक शिव शर्माले दिएको जानकारी अनुसार भाला प्रहारवाट मृतकको शरिरका बिभिन्न भागमा चोट लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । राति करिव ८ बजे भएको घटनालगत्तै अस्थायी प्रहरी पोष्ट डाँडाबजारबाट प्रहरी सहायक निरीक्षक मोहित कुमार यादव नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको भाला सहित देवर काली बहादुरलाई नियन्त्रणमा लिएको छ । मृतकका श्रीमान तारा बहादुर याखा वैदेशिक रोगजारीका क्रममा मलेसियामा छन । घरमा ५ बर्षिया छोरी छन । श्रीमान बिदेश गएपछि घरमा देवर भाउजु र छोरी बस्दै आएका थिए । देवरले आफ्नै भाउजुको हत्या गर्नुको कारण भने खुल्न सकेको छैन । घटनापस्चात थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक लक्ष्मण बहादुर थापा नेतृत्वको प्रहरी टोली घटनास्थलमा गएको छ ।
मृतकको सव घटनास्थलमै छ । जिल्ला प्रहरी कार्यालयवाट बिहिवार बिहान जाँन लागेको प्रहरी नायव निरिक्षक दिनेश अधिकारी नेतृत्वको टोलीले घटनास्थल मुचुल्का गरेपछि सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईने बताईएको छ । घटनामा संलग्न देवर काली बहादुरलाई भेडेटार प्रहरी चौकीमा ल्याईएको छ । उनलाई पनि बिहिवार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याईने प्रहरीले जनाएको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

