भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

रुपन्देही, १३ असोज । नेपाल–भारत देशका सुरक्षाकर्मी बीच बुधबार भएको सहमति पछि बेलहिया नाकाबाट एक सय चार मालबाहक ट्रकहरु नेपाल भित्रिएका छन् ।
बुधबार मध्यान्न पछि दुई देशका सुरक्षाकर्मीहरुको कडा सुरक्षा व्यवस्थासँगै ती गाडिहरु नेपाल भित्राईएको हो । हाल सम्म भारतबाट ४ बटा पेट्रोलियम पदार्थ, २ बटा अक्सीजन र १ बटा एलपी ग्याँस सहित एक सय ४ बटा गाडीहरु नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका अधिकृत रविन्द्र कुमार प्याकुरेलले बताए ।
दुई देशबीचको सहमतिमा भारतको तर्फबाट कुनैपनि नाकाबन्दी गर्नेकाम नगरिएको नेपालमा सुरक्षा व्यवस्थाको कमी भएको महसुसका कारणले सवारी साधन पठाउन केहीमात्रामा कमी गरिएको सिमा सुरक्षा बल महाराजगंजका कमाण्डेट के. एस. बनकोटीले बताए ।
उनले भने,‘हामीले नेपालमा सुरक्षाको कमी देखेर मात्र गाडीहरु रोकेका हौं होईन भने निर्बाध रुपमा गाडीहरु चल्न पाउनु पर्छ, दुई देशबीचको सम्बन्धलाई बिगार्नु हुँदैन् ।’
मंगलबार आन्दोलनकारीहरुबाट ढुङ्गा गरेपनि बुधबार सुरक्षाकर्मीहरुको घेराबाट गाडिहरु नेपाल प्रवेश गरेका ह्ुन ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

