Loading...
Loading...
प्रहरी र प्रदर्शनकारीबिच झडप, प्रहरी सहित ८ घाईते
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, बर्दिया, १३ असोज । बर्दियाको मैनापोखरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच आज दिउँसो भएको झडपमा तीन प्रहरी र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि सडक खुलाउन सदरमुकामबाट प्रहरी उपरीक्षकको नेतृत्वमा गएको टोलीमाथि ढुङ्गामुढा भएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरको भनाई छ ।

प्रदर्शनकारीले प्रहरीको भ्यानलाई रोकेर एक्कासि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै आठ सेल अश्रुग्यास प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताए । प्रर्दशनकारीको ढुङ्गा लागेर सशस्त्र प्रहरीका हवल्दार नरजंग रोका, नेपाल प्रहरीका हवल्दार तीर्थराज गिरी र प्रहरी जवान गीता चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीतर्फ कति घाइते भए भन्ने प्रहरीले यकिन नगरे पनि थरुहटका जिल्ला नेताले भने दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको दाबी गरेका छन् । प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पाँच जना कार्यकर्तालाई उपचारका लागि नेपालगन्ज पठाइएको थरुहटका युवा नेता बिरु चौधरीले जानकारी दिए ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1j0EVDN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.