भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

अमेरिका, १४ असोज – संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेश मन्त्री सुषमा स्वराजबीच भेटवार्ता भएको छ।
भेटवार्तामा सीमा नाकामा भैरहेको कडाई र दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो। भेटमा भारतीय विदेश मन्त्री स्वराजले सामान ढुवानीमा भारतले कुनै अवरोध नगरेको दाबी गरिन्। नेपाल भूपरिवेष्टित देश भएकाले सामान ढुवानीमा कुनै कठिनाई हुन नहुने विषयमा आफुहरुले जोड दिएको मन्त्री पाण्डले जानकारी दिए।
नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले कस्तो संविधान हुनुपर्छ र कुनै पनि समस्यालाई कसरी समाधान गर्नुपर्छ भन्नेबारे निर्णय लिनमा नेपाल र नेपाली स्वतन्त्र रहेको पनि भारतले स्पष्ट गरेको मन्त्री पाण्डेले बताए। नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले देखेको कुरामा सुझावसम्म दिने हो तर कुनै पनि विषयमा के निर्णय लिने भन्ने नेपालको आफ्नो कुरा हो, त्यसमा भारतले कुनै हस्तक्षेप गर्नु हुँदैन भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री पाण्डेले भने।
संविधान निर्माणपछि नेपालमा अहिले भइरहेको आन्दोलनप्रति भने भारतले वार्ताद्धारा नै समस्याको समाधान खोज्नुपर्ने धारणा राखेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर दिनेश भट्टराईले जानकारी दिए। आन्दोलनरत पक्ष पनि नेपाली जनता नै भएकाले वार्ताद्धारा नै समस्या समाधान गर्नु राम्रो हुन्छ, भारत अस्थिर होइन शान्त, दिगो र विकसित नेपाल देख्न चाहन्छ भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने। रासस
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

