Loading...
Loading...
चिनियाँ नाका खुलाउन श्रमदानका लागि अनेरास्ववियुको टोली प्रस्थान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरे।

12036524_10203873105668679_1113942698503627574_n
नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी बन्नुले सङ्कटका बेला युवाहरू राष्ट्र निर्माण र स्वाभिमानको अभियानमा सामेल हुन्छन् भन्ने सन्देश दिएको बताए।उनले आन्दोलन नभएका भैरहवा, काँकडभिट्टाजस्ता भारतीय सीमाबाट पनि पेट्रोलियम पदार्थलगायतका सामग्रीका सवारी साधन आउन नसक्नुले भारतीय पक्षको नियतमा प्रश्न उठेकाले यस्तो व्यवहार सच्चाएर भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार प्राप्तिमा अवरोधक नबन्न आग्रह गरे।
पोखरेलले भने – “यदि भूकम्पपछिको अवस्थामा भारतले नेपाललाई साँच्चै सहयोग गरेको हो भने अहिलेको व्यवहारले भूकम्पको घाउमा नुन छर्किएसरह भएको छ, यो व्यवहारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा समेत प्रतिकूल असर पर्ने र भारतीय अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुरालाई हेक्का राख्न म आग्रह गर्छु।”
संविधान जारी भएपछि सञ्चालन गरिएको राष्ट्रिय जागरण अभियानअन्तर्गत करिब एक सयजनाको सो टोली त्यसतर्फ लागेको सङ्गठनका महासचिव नविना लामाले जानकारी दिए। टोलीले तीन दिन पूर्ण श्रमदान (स्वयम्सेवा) गर्नेछ।
भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधन चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि लिपिङ र तातोपानी बजार क्षेत्रमा सुक्खा पहिरोका कारण पुनः अवरुद्ध भएको थियो । बाटो खुलाउन सडक डिभिजन कार्यालय चरीकोट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि क्रियाशील छन् । रासस



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.