भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

धनकुटा, १३ असोज । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको बिरोधमा बिद्यार्थी संगठनहरुले बुधबार धनकुटामा बिरोध प्रदर्शन गरी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन ।
अनेरास्वबियु, अनेरास्वबियु क्रान्तिकारी र नेवीसंघले धनकुटा बजारमा बिरोध प्रदर्शन गरेर मदनचौकमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका हुन । धनकुटा बहुमुखी क्याम्पस गेटबाट भारत बिरुद्ध नारा लगाउँदै सरस्वती चौक, भीमनारायण चौक, बिचबजार, परिचयमोड, हुलाकटोल लगायत स्थानको परिक्रमा गरी मदनचौकमा आएर बिरोध सभा गरिएको थियो । भारतको बिरुद्धमा लेखिएको ब्यानर, प्लेकार्ड र नेपाली झण्डा सहित सयौँको संख्यामा निश्किएका बिद्यार्थीहरुले ‘भारतिय हस्तक्षेत्र बन्द गर, नाकाबन्दी फिर्ता गर, भारतिय प्रधानमन्त्री मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । बिरोध प्रदर्शनका क्रममा भारतिय प्रधानमन्त्री मोदीको पुत्लालाई संख बजाउँदै बजार परिक्रमा गराई मदनचौकमा ल्याएर जलाईएको थियो ।
मदनचौकमा भएको बिरोध सभामा अनेरास्वबियुका जिल्ला अध्यक्ष राज्यमान छारा, उपाध्यक्ष गोबिन्द दाहाल, अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अध्यक्ष ईन्द्र बिष्ट र नेवीसंघका धनकुटा बहुमुखी क्याम्पस कमिटि अध्यक्ष प्रकाश मगरले भारतको चर्को बिरोध गर्दै तत्काल नाकाबन्दी फिर्ता गर्न चेतावनी दिएका छन ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

