भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौ। यसपटक काठमाण्डौमा हुन लागेको नेपाली सिनेमा अवार्ड (इनास) को उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ । वुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि आयोजक संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाजले मनोनयन सार्वजनिक गर्द प्रमाणपत्र वितरण गरेको हो ।
इनास अवार्ड यसअघि यूरोपमा हुँदै आएको थियो । अवार्ड २५ र २६ असोजमा काठमाण्डौ दिईनेछ । अवार्डमा टलकजंग भर्सेज टुल्के, कबड्डी र नोभेम्वर रेन उत्कृष्ट चलचित्रको मनोनयमा परेका छन् भने अनमोल के.सी. (जेरी), आर्यन सिग्देल (नोभेम्वर रेन) र दयाहाङ् राई (कबड्डी) बाट उत्कृष्ट अभिनेताको मनोनयमा परेका छन् ।
त्यस्तै उत्कृष्ट बाल कलाकारको मनोनयनमा संगम बिष्ट (लभ यू बाबा) अनुभव रेग्मी (नाई नभन्नु ल २) अमर लामा (श्री ५ अम्बरे) बाट परेका छन् । केकी अधिकारी (वितेका पल) नम्रता श्रेष्ठ (नोभेम्वर रेन) शिल्पा पोखरेल (लज्जा) उत्कृष्ट अभिनेत्रीको मनोनयमा पर्न सफल भएका छन् भने उत्कृष्ट निर्देशकको मनोनयमा निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), राम बाबु गुरुङ्ग (कबड्डी) र दिनेश राउत (नोभेम्वर रेन)बाट पर्न सफल भएका छन् ।
यस्तो छ उत्कृष्ट तीन को मनोनयन सूची:
१. उत्कृष्ट बाल कलाकार:
संगम बिष्ट (लभ यू बाबा)
अनुभव रेग्मी (नाई नभन्नु ल-२)
अमर लामा (श्री ५ अम्बरे)
२. उत्कृष्ट द्वन्द्व :
चन्द्र पन्त (लज्जा)
अष्ट महर्जन (स्टुपिड मन)
एन.वि. महर्जन (छ एकान छ)
३. उत्कृष्ट नृत्यु निर्देशक :
वसन्त श्रेष्ठ (कोहिनूर)
गम्भिर बिष्ट (टलकजंग भर्सेज टुल्के)
शंकर वि.सी. (वितेका पल)
४. उत्कृष्ट गायिका :
अञ्जु पन्त (स्टुपिट मन)
प्रकृती गिरी (वितेका पल)
प्रविशा अधिकारी (नोभेम्वर रेन)
५. उत्कृष्ट गायक :
प्रेम परियार (नाई नभन्नु ल २)
बाबु बोगटी (वितेका पल)
स्वरुपराज आचार्य (स्टुपिड मन)
६. उत्कृष्ट गीतकार :
कृष्णहरी बराल (मर्ने कसैलाई रहर हुँदैन)
दिनेश राउत (तिमीलाई के भनु)
अर्जुन पोखरेल (यी आँखामा)
७. उत्कृष्ट संगीतकार :
शम्भुजीत वास्कोटा (कोहिनुर)
अर्जुन पोखरेल (स्टुपिड मन)
वसन्त सापकोटा (नाई न भन्नु ल-२)
८. उत्कृष्ट आलेख :
रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड्डी)
विकास आचार्य (नाई न भन्नु ल-२)
गजित, गम्भिर विष्ट (लव यू बाबा)
९. उत्कृष्ट सम्पादन :
निमेश श्रेष्ठ (कबड्डी)
विपिन मल्ल (वितेका पल)
लोकेश बज्राचार्य (टलकजंग भर्सेज टुल्के)
१०. उत्कृष्ट छायाँकार :
शैलेन्द्र डि.कार्की (जेरी)
सञ्जय लामा (स्टुपिड मन)
पुरुषोत्तम प्रधान (कबड्डी)
११. उत्कृष्ट अभिनेत्री :
केकी अधिकारी (वितेका पल)
नम्रता श्रेष्ठ (नोभेम्वर रेन)
शिल्पा पोखरेल (लज्जा)
१२. उत्कृष्ट अभिनेता :
अनमोल के.सी. (जेरी)
आर्यन सिग्देल (नोभेम्वर रेन)
दयाहाङ्ग राई (कबड्डी)
१३. उत्कृष्ट निर्देशक :
निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
राम बाबु गुरुङ्ग (कबड्डी)
दिनेश राउत (नोभेम्वर रेन)
१४. उत्कृष्ट चलचित्र :
टलकजंग भर्सेज टुल्के
कबड्डी
नोभेम्वर रेन
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

