भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मलेसिया : मलेसियाको जोहरस्थित क्यवेज सेक्युरिटी कम्पनीमा कार्यरत भोजपुरको नागी गाविसका उदय हाङ राई केही महिना अघिदेखि मानसिक रोगीजस्तै भएका छन् । उनी अहिले खाना खाने र ड्युटी जाने समय पनि भुल्न थालेका छन् । पैसा कमाएर घरबार सुन्दर बनाउने सपना साँचेर मलेसिया आएका राईकी पत्नी पोइल हिँडेपछि उनी विक्षिप्त भएका हुन् । केही वर्षअघिमात्रै बैबाहिक जीवन शुरु गरेर पैसा कमाउन मलेसिया पसेका थिए । उनी मलेसिया आएर कमाएको सबै सम्पत्ती लिएर पत्नीले अर्कैसँग बाटोे तताएपछि भाइ मानसिक रोगी बनेको उनका दाजु भीम राईले बताए ।
नाबालक छोरो बेवारिसे छाडेर पत्नी मैया महिना दिनअघि उनकै छिमेकी अधिराज काङमाङसँग पोइल हिँडेकी हुन् । ‘सबै सम्पत्ती लिएर पत्नी छिमेकीसँग पोइल हिँडेपछि भाइ मानसिक रोगी बनेको छ’, दाजु भीमले भने, ‘भाइले कमाएको पैसा घर पठाएको केही दिनमै बुहारी पोइल हिँडिछ ।’ तीन वर्षको नाबालक छोरो घरैमा छाडेकी मैयाले करिब ६ लाख रुपैयाँ र सुनचाँदी सबै कुम्ल्याएर हिँडेकी छन् । ‘मलेसियामा कमाएर भाइले पठाएको सबै सम्पत्ती बुहारीले कुम्ल्याएर पोइल गएपछि घरमा नाबालक भतिजको बिजोग भएको छ’, भीमले भने, ‘सबै अचल सम्पत्ती पनि मैयाकै नाममा भएकाले झन समस्या थपिएको हो ।’ पोइल हिँडेपछि मैयाविरुद्द उदयका परिवारले दिएको उजुरी प्रहरीले लिन मानेको छैन । संघीय समाजवादी फोरमका एक केन्द्रीय नेताको दबाबमा प्रहरीले उजुरी लिन नमानेको आरोप भीमले लगाए । प्रहरीमा उजुरी गर्न गए मार्ने धम्की मैयालाई लाने अधिराजका परिवारले दिइरहेको उनले बताए । यता मलेसियामा रहेका उदयको अवस्था दिनदिनै बिग्रँदै गएकाले झनै समस्या भएको छ । मलेसियाको सेलेङ्गर राज्यमा काम गर्दै आएका उनले मानसिक समस्याकै कारण काम नगरेको भन्दै जोहरमा सारिएको छ । मानसिक रोगी बनेका उनको उपचारमा समस्या भएको दाजु भीमले गुनासो पोखे । ‘भएको सबै पैसा नेपाल पठाइयो, यता भाइले काम गर्न सकेको छैन’, उनले भने, ‘मलेसियामा उपचार महंगो हुँदा थप समस्या परेको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

