भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौ। लिटिल एन्जल्स कलेजमा स्नातककी विद्यार्थी १८ वर्षिया कुसुम थापा मगर ‘मिस टिन कलेज सिजन–३’ बनेकी छन् ।
सोमबार राति राजधानीको नाचघर जमलमा सम्पन्न सो प्रतियोगितामा आफ्ना १६ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्। उपाधिसँगै उनले महेन्द्राको स्कुटर र क्याम्पियन एकेडेमीका तर्फबाट १ लाख बराबरको छात्रवृति पनि पाएकी छन् । प्रतियोगिताको ‘फस्ट रनर अप’को आसीयाना अधिकारी भइन् भने रिजा महर्जन ‘सेकेन्ड रनरअप’ बनिन् ।
‘ब्युटिफुल आइज’को उपाधि ममता खत्रिले हासिल गरिन् भने ‘अर्गनाइजर च्वाइस अवार्ड’ रुना श्रेष्ठले, ‘बेस्ट ड्रेसको अवार्ड अन्जना बस्नेत र बेस्ट स्किनकोे उपाधि अलिशा कार्कीले हात पारे ।
यसैगरी, सो कार्यक्रममा ‘मिस डिसिप्लेन’को उपाधि सविना बुढाथोकीले, ‘मिस फ्रेन्डसिप’ को निष्ना श्रेष्ठले, ‘बेस्ट वाक’को उपाधि निष्ना महर्जनले, ‘मिस स्माइल’को उपाधि सृष्टि महतले हासिल गरिन् । ‘मिस फोटोजेनिक’ को उपाधि ऋतिका घिमिरेले, ‘मिस ब्युटिफुल फिगर’को उपाधि निष्मा सिजापतीले र ‘मिस एकाडमिक’ अवार्ड सरिष्मा खड्काले प्राप्त गरे ।
यस्तै, ‘मिस पपुलर’ अवार्ड श्रेया श्रेष्ठलाई ‘मिस पंचुवालिटी’को उपाधि सुवेक्षा श्रेष्ठलाई दिइयो। यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

