भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

अरुणकुमार सुवेदी – विगत लामो समयदेखि नेपाल पश्चिमाहरू र भारतको एक किसिमले प्रभावका लागि शीतद्वन्द्वको स्थल बनेको छ । भारत आफ्नो आन्तरिक सुरक्षा र प्रतिरक्षाका लागि नेपालका कारणले प्रतिकूल स्थिति नहोस् भनी नेपालको राज्यसत्तामा आफ्नो प्रभाव स्थापित गर्न निरन्तर प्रयत्नरत भएको देखिन्छ । पश्चिमाहरू सञ्चार, नीति निर्माण प्रक्रिया र जनतासँग प्रत्यक्ष सरोकार राख्ने गैरसरकारी संस्थाहरूमार्फत जनताको मनोविज्ञान र राष्ट्रका नीतिहरू आफ्नो अनुकूल रहून् भनी अप्रत्यक्ष काम गरिरहेका छन् । यस शीतद्वन्द्वमा खास गरी २०४६ सालपश्चात् पश्चिमाहरू सफल भएको स्पष्ट देख्न सकिन्छ । नेपालमाथि पश्चिमाहरूको बढ्दो प्रभावका कारण चीनले नेपाल नीति परिवर्तन गरेको आभास सबैलाई भइरहेछ । यो शीतद्वन्द्वमा पश्चिमाहरूको प्रभाव स्थापित हुनाले नेपाल चारवटा अवस्थाका कारण निरन्तर असफल राष्ट्रतर्फ अग्रसर भइरहेछ ।
१. नेपालको जस्तोसुकै राजनीतिक नेतृत्व भए पनि त्यसको जनविश्वसनीयता समाप्त पारिदिने, यसका लागि गैरसरकारी संस्थाहरू र प्रेस पनि खुबै भूमिकामा आएका छन् । आज नेपाल कुनै पनि व्यक्तिको नेतृत्वप्रति आमजनता विश्वस्त नभएको अवस्थामा छ ।
२. नेपाललाई आर्थिक रूपले सम्पन्न बनाउने सम्भावनाका क्षेत्रहरूलाई अनावश्यक विवादमा पारेर स्रोतसाधनको अनुपयोगको अवस्था निर्माण गर्ने र हेर्दा लोकप्रिय लाग्ने नीतिहरूमार्फत आर्थिक विकासका क्षेत्रहरूलाई निरुत्साहित गर्ने । परिणामस्वरूप आर्थिक रूपले पनि असफल राष्ट्र बनाउने । यसै रणनीतिअन्तर्गत नेपालको जलसम्पदामा राष्ट्रियताको हावादारी लकिर तेस्र्याएर मुलुकलाई गरिब बनाइराख्ने कार्य भएको छ ।
३. मानवअधिकार, जातीय सशक्तीकरण इत्यादि नारामार्फत गैरसरकारी संस्थाहरूको माध्यमबाट सामाजिक द्वन्द्व बढाउने काम द्रुत गतिमा भइरहेछ । यसका लागि सांस्कृतिक अतिक्रमणको नीतिका सर्जक तथा सांस्कृतिक अतिक्रमणका ‘स्पोन्सर’ राष्ट्रहरू युरोपियन युनियन अझ बढी स्केन्डेनेभियन मुलुकहरूको भूमिका अत्यन्त बढी देखिएको छ । यसका कारण मुलुक आतङ्कमय सामाजिक सम्बन्धको अध्यायमा पुगिसकेको छ ।
४. यी तीन कारणले मुलुक असफल राष्ट्र बन्न सक्दछ । नेपाल असफल राष्ट्र भई अराजकताको भुँवरीमा पर्न गएमा यसको सबभन्दा बढी असर र द्धढ र
भारतलाई पर्दछ । भारतको समस्याका रूपमा रहेको आन्तरिक आतङ्कवाद र अन्तर्राष्ट्रिय आतङ्कवाद तथा ऊसँग गरिएका द्विदेशीय विकास परियोजना असफल हुने सम्भावनाले ठूलो विपद्मा फस्ने निश्चित छ । यसका लागि भारत मानवीय अनिवार्य हस्तक्षेपको भूमिकामा आउन सम्भावना भएको पहिलो राष्ट्र हो । नेपालको पहिलो दातृ राष्ट्र भई हरेक सामाजिक आर्थिक विकासमा प्रत्यक्ष संलग्न भए पनि नेपालमा भारतविरोधी भावना यति तीव्रतर छ कि नेपाल जतिसुकै ठूलो दुर्घटनामा परे पनि भारत हस्तक्षेप गर्न सक्नेवाला छैन ,भन्ने अवस्था सिर्जना गर्न नेपालमा भारतविरोधी भावनाको खेती नै गरिन्छ । पश्चिमाहरूको कुत्सित भूमिका चर्चाबाहिर रहन्छन् । यस मामलामा जानी नजानी नेपाली प्रेस पनि प्रयोगमा आएको छ । त्यसपछि एउटै विकल्प बाँकी रहन्छ । नीलो झण्डामुनि पश्चिमाहरूको भूमिका । ‘अनमिन’का नाममा यो झण्डै सुरु भइसकेको थियो तर सफल भएन ।
माथिकै कारणहरूले सिकार भएको छ नेपाली जलस्रोत क्षेत्र । भारतको अस्पृश्यता स्थापित गरेर नेपालको जलस्रोतको सम्भावित विकास र नेपालको सम्पन्नता अवरुद्ध गराइएको छ, राष्ट्रियताको सस्तो लोकप्रिय नाराका माध्यमले । यस मिसनका लागि नेपालको डलरभोगी विज्ञदेखि लिएर राजनीतिक दल र यसका कार्यकर्ताहरू पनि प्रयोगमा ल्याइएको छ । साथै प्रेस पनि अपवाद छैन ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

