भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं १५ भदौ । टीकापुरको हिंसात्मक घटनापछि जिल्लाको असहज स्थितिबाट भयभित थारु युवा गाउँबाट पलायन हुन थालेका छन् । सोमबारमात्रै भारत जान लागेका ५६ युवाको लस्करलाई धनगढीको त्रिनगर भन्सार नाकामा प्रहरीले सोधपुछ गरी छाडेको छ । उनीहरु सबै कैलाली टीकापुर सहित दंगाग्रस्त घोषणा क्षेत्रका हुन् । उनीहरु लम्कीबाट धनगढी आएका थिए ।
ती युवा धनगढीमा ४ बजे कफ्र्यू खुलेपछि त्रिनगर नाका हुँदै भारत जान लागेका हुन् । त्रिनगर प्रहरीका प्रमुख जीवन गुरुङले झोलीझिम्टा सहित २० देखि ४० वर्ष उमेरका युवा लस्करै नाका कट्न लागेकोले शंका लागेर सोधपुछका रोकेको बताए । ‘बस्न त्रास भएपछि गाउँ छोड्न लागेका हौं । यो समयमा त्यहाँ माछा मार्ने काम पाइन्छ’ मसुरियाका ५६ वर्षे राधेश्याम चौधरीले भने,‘अहिले गाउँमा त्रासको वातावरण छ । खोतीपातीको काम पनि छैन । त्यसैले यता खाली बस्नुभन्दा काम गर्न जाउँ भन्ने हो ।’आजको कान्तिपुर दैनिकमा खबर छ । भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ==>
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

