भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

खाडी क्षेत्रको बलियो अर्थतन्त्र भएको इस्लामिक मुलुक साउदी अरबमा पहिलो पटक महिलाहरुलाई निर्वाचनमा खुला गरेपछि चुनावी माहोलले रौनकता थपेको छ । आउँदो नगरपालिका निर्वाचनमा सयौं महिलाले उम्मेदवारी दर्ता गरेका छन् ।
इस्लामिक कानून रहेको साउदीमा यस अघिसम्म महिलालाई चुनावमा उम्मेदवार बन्न काुननी बन्देज थियो । गतबर्ष निर्वाचन कानुनमा परिर्वतन गर्नु अगाडिसम्म महिलाहरुलाई मतदाताको रुपमा निर्वाचनमा सहभागी हुुने अधिकारसम्म थिएन । साउदी अरबका महिलाहरु हालसम्मपनि सामान्य अधिकारहरुवाट समेत वञ्चित रहँदै आएका छन् । त्यतिमात्र होइन त्यहाँका महिलाहरुले घर वाहिर घुमफिर गर्न, रोजगार खोज्न, राहदानी बनाउन पनि पुरुषको अनुमती लिनुपर्ने हुन्छ ।
साउदीका पूर्व राजा अव्दुल्लाहले सन् २०११ मा महिलालाई निर्वाचनमा मत हाल्ने तथा उम्मेदवार बन्न पाउनेगरी कानुनी सुधार गरेका थिए । तरपनि व्यावहारमा लागू हुनचाहि चार बर्ष कुर्नुपरेको सञ्चार माध्यामहरुले जनाएका छन् । त्यतिवेला अव्दुल्लाहले महिलालाई सीमान्तकृत गर्ने आफुहरुको कुनै योजना नभएको वताएका थिए । साउदी अरबमा आउदो डिसेम्वर १२ तारिखमा नगरपालिका चुनाव हुदैंछ । त्यसको लागि इच्छुक महिलाले आफ्नो उम्मेदवारीको लागि आउँदो सेप्टेम्वर १७ सम्म दर्ता गराइसक्नुपर्छ । अहिलेसम्म मुलुकभरि गरेर तीन सय महिलाले उम्मेदवारी दर्ता गराई सकेको सञ्चार माध्यामहरुले जनाएका छन् ।
साउदीमा २८४ नगरपालिकाहरुभित्र १ हजार २ सय ६३ निर्वाचन केन्द्रहरु रहेका छन् । मुलुकभरगरी महिलाको लागि ४ सय २४ सीट आरक्षण गरिएको साउदी निर्वाचन आयोगले वताएको छ । साउदीमा पहिलो पटक नगरपालिकाको निर्वाचन सन् २००५ मा भएको थियो भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

