Loading...
Loading...
हवाइजहाजको भन्दा पनि सुविधाजनक सिट भएको बस | नेपालीका लागि २ हजार र विदेशीका लागि २५ सय भाडा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पोखराका यातायात व्यवसायीले यात्रुलाई स्तरीय बस सेवा दिन थप सुविधा सम्पन्न बस सेवा सहित संचालनकाे तयारीमा छन् । सुपर डिलक्स मार्फत यात्रुलाई सेवा दिन व्यवसायी लागेका हुन् । पृथ्वी राजमार्ग बस व्यवसायी समिति मार्फत सन्चालन हुने बसलाई पोखरा जगदम्बा ट्राभलले ल्याउन लागेको हो ।
करिब ३ करोड ५० लाखको लागतमा दुई वटा बस सन्चालन गर्न लागेको पोखरा जगदम्बा ट्राभलका सन्चालक केशव प्रसाद अधिकारीले जानकारी दिए। विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरि सेवा प्रदान गर्न लागेको अधिकारीको भनाई छ। Capture
अशोक लेल्याड कम्पनीको २०३ चिता मोडलको बसलाई अत्याधुनिक सुविधान सम्पन्न बनाउन बस पोखरा आइसकेको छ। अबको एक हप्तापछि सेवा शुरु गर्ने अधिकारीले बताए। यो मोडलको बसमा अन्यमा ३२ सिट हुने भए पनि अत्याधुनिक बनाउन २१ सिट मात्रै छ ।
बसको एउटा सिट मात्रै बनाउन करिब १ लाख ३६ हजार रुपैयाँ लागेको उनले बताए । सिटलाई तलमाथी र सुत्नका लागी पनि मिल्ने बताउँदै अधिकारीले सिटलाई रिमोट बाट तल माथी गर्न मिल्ने बताए । ‘२०३ चिता’ ब्राण्डको बसको सिट हवाइ जहाजको भन्दा पनि बढी सुविधायुक्त रहको अधिकारीको दावी छ ।
‘सिटलाई कस्तो अवस्थामा राख्ने पुरै ‘रिमोट कन्ट्रोल’मार्फत नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘हामीले नेपालमै अहिलेसम्म नभएको सुविधा सार्वजनिक सवारीमा प्रदान गर्न लागेका छौं ।’ timthumb
यात्रुले खुट्टालाई पनि आरामसँग राख्न सक्ने अधिकारीले जानकारी दिए । उनले एसि र हिटका व्यवस्था रहेको बताउँदै कोट ज्याकेट पनि सिट मै राख्न मिल्ने बताए । उनले बसमा स्पीङ्ग पत्ताका ठाउँमा एयर सपेन्सन रहेका कारण बढी उठाउन समस्या नरहने बताए ।
टु इन वान सिट रहने बसमा टेलिभिजन, माइक, वाइफाइ सेवा र प्रत्येक सिटबाट चालकलाई जानकारी दिने बटम समेत रहेको छ । बस भित्रै मिनि बारको समेत व्यावस्था रहेको छ । आगामी जेठबाट पोखरा काठमाडौ रुटमा सन्चालन हुने बसमा चालक, सहचालक र क्रियुु लेडि समेतले काम गर्ने छन् ।
बसको सेवा जहाजहरुले दिने जस्तै दिने छ अधिकारीले भने “विमानमा हुने एयर होस्टेज जस्तै बसमा पनि सेवा दिनका लागी क्रियु लेडि रहने छ” । उनले बस पोखराको हल्नचोकदेखि पोखरा पर्यटक बसपार्क हुदै काठमाडौँको दवारमार्ग र काठमाडौँदेखि पोखरा सन्चालन हुनेछ।
बस सन्चालन भएको १५ मिनेट पछि यात्रुको इच्छा अनुसार पानी चिया, कफि, चिसो र खाजाको समेत व्यवस्था हुने संचालक अधिकारीले बताए । उनले यात्रुको सामानको सुरक्षाका लागी ट्रयागको समेत व्यवस्था गरेको बताए ।
बसमा यात्रा गर्दा पोखराका काठमाडौँको भाडा दर नेपालीका लागि २ हजार रुपैयाँ र विदेशीका लागि २५ सय निर्धारण गरेको बताए। यति धेरै सुविधा भएको बस एसियामा पहिलो पटक नेपालमा सन्चालन हुन लागेको सन्चालकको दावी छ ।
भारतीय कम्पनी अशोक ले–ल्याण्डले विशेष प्रविधिको प्रयोग गरी उक्त बस बनाएको अधिकारीले बताए । ‘मिनीबारसहितको बस नेपाल भित्रिसकेको छ,’ उनले भने, ‘शुक्रबार सुनौली भन्सार आइपुगेको बस शनिबारसम्म पोखरा आइपुग्नेछ ।’ सञ्चालनमा आउन लागेको बस एसियाकै उत्कृष्ट हुने उनको दावी छ । हरियो ‘नम्बरप्लेट’मा सञ्चालन हुने बस पोखराको लेकसाइडबाट र काठमाडौंको दरबारमार्गबाट दैनिक १-१ ओटा छुट्नेछन् ।
सञ्चालनमा आउन लागेको बसको पछाडि डबल शिशा राखिएको छ । यात्रुको छायाँ पुरै बसमा देखिन्छ । ‘सुपर डिलक्स’ मापदण्डबाट सञ्चालनमा आउन लागेको बसमा काठको ‘फ्लोरिङ’ राखिएको छ । ‘एसी’ र ‘हिटर’को सुविधा रहेको बसको मिनीबारको साइडमा मार्वलहरु राखिएका छन् । यात्रुलाई बसबाट बिदाई गर्ने क्रममा चिसो मौसममा ‘हट’ रुमाल र गर्मीमा चिसो खालको रुमाल उपहार स्वरुप प्रदान गरिने अधिकारीले जानकारी दिए ।
पृथ्वी राजमार्ग बस सन्चालक समितिका अध्यक्ष एनकुमार साईले स्तरीय सेवा दिने उद्देश्यले अत्याधुनीक सेवा सहितको बस सेवा सन्चालन गर्न लागेको बताए । उनले केहि दिनमा सन्चालन हुने बसमा आर्थिक दृष्टीले जहाजमा काठमाडौं जान नसक्ने विरामी पनि बसमा जान सक्ने बताए।
नेपालमा सुविधा सम्पन्न बसहरु सञ्चालनमा आउने क्रम बढेपनि सडकको अवस्था सुधार हुन नसकेको प्रति उनको चिन्ता छ। समितिमार्फत अहिले १ हजार २ सय भन्दा बढी सवारी देशभरका विभिन्न रुटमा सञ्चालनमा छन् । करिब ५ सय वटा डिलक्स बस सञ्चालनमा आइसकेको साईले बताए ।
पाँचवर्ष भित्र डिलक्स बसमात्र सञ्चालन गर्ने समितिको लक्ष्य छ । भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.