Loading...
Loading...
नेपालका यी स्कूल जसले बुद्ध भारतमा जन्मेकाे भनेर पढाउँछन | अवैध विद्यालयमाथि कारवाही किन हुँदैन ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौंको चोभारमा रहेको मोडर्न इन्डियन स्कूलले तीन महिनाअघि ६९ जना शिक्षकलाई निष्कासन गर्यो । त्यसबेलादेखि अहिलेसम्म मोडर्न इन्डियन स्कूलका शिक्षकहरु गेटमा धर्ना दिँदै आएका छन् । उनीहरुका माग अस्वभाविक छैनन । आफूमाथि भएको श्रम शोषणको कुरा उनीहरुले उठाएका छन् । उनीहरुले नेपालको शिक्षा ऐन, शिक्षा नियमावली र श्रम ऐन अन्तर्गत रहेर उठाएका मागहरु मोडर्न इन्डियन स्कूलले बिभिन्न शक्ति केन्द्रहरुको आडमा जवरजस्त दबाउन लागिपरेको छ । आफ्नो अवैध कार्य जोगाउनका लागि मोडर्न इन्डियन स्कूलको व्यवस्थापनले शक्तिकेन्द्रहरुको प्रयोग आजदेखि होइन, आजपर्यन्त गर्दै आएको छ । नेपालमा अवैध रुपमा चलेको मोडर्न इन्डियन मात्र होइन, थुप्रै विद्यालयहरु छन् जसले राज्यलाई ठाडो चुनौती दिइरहेका छन् ।

Capture

२०६९ साल भदौ २६ गतेका दिन ललितपुरको जाउलाखेलस्थित दयानन्द एंग्लो वैदिक सुशिल केडीया विश्वभारती उच्चमाध्यमिक विद्यालयले दुई जना शिक्षकहरुलाई निस्काशन ग¥यो । ती शिक्षकहरुले विद्यालय नेपालको शिक्षा ऐन बमोजिम चल्नु पर्ने, राज्यलाई राजश्व तिर्नु पर्ने, शिक्षकहरुको पेशागत सुनिश्चितता हुनु पर्ने र शिक्षकहरुको पेशागत युनियन खोल्न पाउनु पर्ने माग राखेका थिए । विद्यालयबाट निस्काशित भइसकेपछि उनीहरु निजी विद्यालय संचालकहरुको संस्थाहरु, जिल्ला शिक्षा कार्यालय, ललितपुर धाए । यी संस्थाहरुको दर्जनौं पटक संयुक्त बैठक बस्यो । जिल्ला शिक्षा कार्यालय ललितपुरले शिक्षकहरुलाई पुवर्बहाली गर्नकालागि डिएभीलाई लिखित पत्र पठायो । तर उक्त विद्यालयले जिल्ला शिक्षा कार्यालय ललितपुरको उक्त पत्रको बेवास्ता मात्र गरेन कि उल्टै अर्को एक जना शिक्षकलाई पनि निस्काशित ग¥यो । उक्त मुद्दा नेपालका शिक्षकहरुको संगठनको केन्द्रमा आइपुग्यो । विद्यालयका मालिक, प्याब्सन, हिसान, अभिभावक संघ र शिक्षक संगठनहरुका बीचमा छलफल भए । तर दयानन्द एंग्लो वैदिकल (डिएभी) सुशिल केडीया विश्वभारतीविद्यालयका मालिकले शिक्षकका मागहरु पूरा गर्न तयार भएनन् । शिक्षकहGunraj-Lohani(1)रुलाई पुनर्बहाली गर्न पनि तयार भएनन् । त्यसपछि उक्त विद्यालयका मालिक माग पूरा गर्न किन तयार छैनन् त भन्ने खोजी हुन थाल्यो ? यसको खोजी पनि शुरु भयो । यसरी खोजका विषयहरु त्यस विद्या – डिएभी नामका दुईवटा विद्यालय छन् । एउटा डिएभी सुशिल केडीया विश्वभारती र अर्को डीएभी रुक्मिणी । यी विद्यालयहरुमा उच्चमाध्यमिक शिक्षा परिषद्को सम्बन्ध मात्र छ । यो बाहेक त्यस विद्यालयले भारत सरकारद्वारा सञ्चालित माध्यमिक शिक्षाको केन्द्रीय बोर्ड (CBSE-Central Board Of Secondary Education), भारतीय माध्यमिक शिक्षा प्रमाण पत्र (ICSE-Indian Certificate of Secondary Education), इन्दिरा गान्धी खुला विश्वविद्यालय (IGOU-Indira Gandhi Open University) र राष्ट्रिय खुला विद्यालय संस्था (NIOS-National Institute Of Open School) हरुको सम्बन्धन लिएको छ । जबकी नेपालको शिक्षा ऐनमा नेपाल भित्र यसरी विदेशी सम्बन्धन लिन पाउने प्रावधान छैन । शिक्षा ऐनको “(८) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता कुनै कुनै विदेशी शिक्षण संस्थासँग सम्बन्धन गर्ने गरी कसैलाई पनि विद्यालय खोल्न अनुमति वा स्वीकृति दिइने छैन ।” भनिएको छ । यसको साथै शिक्षा नियमावलीको ४४, उपदफा ८मा “विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्नुपर्दछ ।” भनिएको छ । त्यसैले पहिलो कुरा त नेपालमा माथि उल्लेख गरिएका कुनैपनि बोर्डहरुको सम्बन्ध प्राप्त विद्यालय सञ्चालन गर्न पाइदैन । दोस्रो कुरा नेपाल सरकारको स्वीकृत बिना कुनै पनि पाठ्यपुस्तक र पाठ्यक्रम लागु गर्न पाइदैन । सीबीएसई र आईसीएसई भारतीय बोर्डहरु भएकाले उक्त बोर्डको विद्यालयतहका सामाजिक शिक्षाको पाठ्यपुस्तकमा राखिएको पाठ र पाठयांशहरुमा भारतीय राजनीति, संस्कृति, इतिहास र भूगोल सम्बन्धि जानकारी राखिनु अस्वभाविक होइन । अहिले नेपालमा सञ्चालित र सीबीएसई र आईसीएसई बोर्ड अन्तर्गतका नेपाल सरकारसँग सम्बन्धन नलिएका रुपिज इन्टर नेशनल, चाँद बाग, राई, आलोक विद्याश्रम, दिल्ली पब्लिक, मोर्डन इण्डियन, डिएभी सुशिल केडिया, डिएभी रुक्मिणी, नेपाल भारत मैत्री विद्याश्रम नामका अधिकांश विद्यालयहरुमा पढाउनका लागि भनेर तिनै बोर्डहरुको पाठ्यक्रमका आधारमा रत्न संसार प्रकाशनले विभिन्न कक्षाको इन्टिग्रेटिड सोसल स्टडिज्, माई बिग बुक अफ सोसल स्टडिज् जस्ता सामाजिक विज्ञानका पुस्तकहरु तयार पारी प्रकाशित गरेको छ । सीबीएसई र आईसीएसई भारतीय बोर्डहरु भएकाले र तिनीहरुकै सम्बन्धका आधारमा भारतका लागि पाठ्यपुस्तक तयार पारिने भएकाले त्यहाँ पढाइने पाठ्य सामग्रीहरुमा ‘हाम्रो सुन्दर देश भारत, हाम्रो देशका राष्ट्रपिता बापु(महात्मा गान्धी), हाम नेताहरु जवहरलाल नेहरु, राजेन्द्रप्रसाद, डक्टर अम्बेड्कर जस्ता पाठ राखिनु, उनीहरुका जीवनी र परिचयहरु यी पाठ्यपुस्तकहरमा राख्नु अन्यथा होइन । यसै सन्दर्भमा कक्षा २ को माई बिग बुक अफ सोसल स्टडिज्मा “हाम्रा राष्ट्रिय चिन्हहरु”को शिक्र्षकमा राष्ट्रिय जनावर बाघ, राष्ट्रिय चरा मयूर, राष्ट्रिय झण्डा तिरङ्गा, राष्ट्रिय फूल कमल, चार वटा सिंह, अशोकको चक्र अंकित र सत्य मेव जयते लिखित राष्ट्रिय प्रतिक, राष्ट्रिय गान जन गण मन ..का परिचय राखिएको छ । रबिन्द्रनाथ टैगोरले तत्कालिन बेलायती महारानी भिक्टोरियाको प्रशंसामा लेखिएको ‘जन गण मन अधिनायक भारत है भाग्य विधाता’ भारतको राष्ट्रिय गान हुन सक्दैन भन्ने विरोधका स्वरहरु भारतमा नै उठिरहेको छ । -

CBSE-Book-6

(लाै याे हेर्नुस: सीबीएसईकाे कक्षा ६ को इन्टिग्रेडेड सोसल स्टडिज् बुक ६ को पृष्ठ संख्या ४५ लाइ स्क्यान गरी यहाँ राखिएकाे हाे । याे पाठ पाठ्यक्रम पढाइ हुने काठमाडौंका सबै स्कूलहरुमा पढाइ हुन्छ)

यी पाठहरु नेपालका बालबालिकाहरुलाई पढाउनु कति उचित हो ? विना रोकतोक नेपालमा गैरकानूनी रुपमा यी बोर्डहरुलाई सञ्चालन हुन दिनु, यहाँका बालबालिकालाई यस्ता पाठहरु पढाउनुले हामीले हाम्रा भविष्वको दिमाग के भर्दैछौं । उनीहरुको कलिलो मनोविज्ञानमा के असर पार्दैछौं ? राम्रो र स्तरीय शिक्षा दिने नाममा बालमनोविज्ञानमा नकारात्मक विकास र राष्टघातले प्रवेश पाउँदै गर्दा हामी कसकालागि, कस्तो जनशक्ति उत्पादन गर्दैछौं ? राजधानीको मुटुमा नै यसरी नेपाल र नेपालीमाथि आँच आउने कुकर्म गर्दा नजरअन्दाज गर्ने राज्यलाई के भन्ने ? दुखको कुरा त यस्ता विद्यालयहरु नेपाली भनिने पुँजीपतिहरुले खोलेका छन्् । उनीहरु कुनै न कुनै राजनीतिक पार्टीसँग आबद्ध र संरक्षणमा रहेका छन् । अर्को दुखको कुरा, यस्ता विद्यालयहरुमा नेपालका धनीमानी, उच्चकोटिका पत्रकार, उद्योगपति, माथिल्लोतहका नोकरशाहका बालबालिकाहरु पढ्दछन् । यत्ति मात्र होइन कि सबै बालबालिकाले समान शिक्षा पाउनु पर्दछ, स्तरीय, जीवनोपयोगी, देशभक्तिपूर्ण शिक्षा पाउनु पर्दछ भनी वकालत गर्ने अभिभावकहरुका छोराछोरीहरु पनि पढ्दछन् ।

भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको छ । बुद्ध भारतीय नागरिक रहेको र उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित गर्नका लागि विद्युतीय सञ्चार माध्यम, बलिउडमा निर्मित चलचित्र, विद्यालयहरुमा पढाइने पाठ्यपुस्तक, साधुसन्तहरुको प्रवचनलाई समेत उपयोग गरेको छ । उसले बलिउडले बनाएको चाँदनी चौक टु चाइना नामक चलचित्रको मुख्य नायकको मुखबाट नै “लुम्बिनी भारतमा पर्दछ ।” सम्बाद ओकल्न लगायो । २०६९ माघ ३ गतेका दिन नेपालका पर्यटन मन्त्री पोष्टबहादुर बोगटीलाई लुम्बिनीमा बोलाएर “लुम्बिनी भारतमा पर्दछ । र, बुद्ध भारतमा जन्मिएका हुन् ।” भनी भारत सरकारले तयार पारेको “दी पाथ” नामक किताव नै हातमा थमाइ दिएको थियो । नेपाल सरकारका मन्त्रीकै हातमा यसरी भारतले लुम्बिनी र बुद्धलाई भारतीय भएको दावी गर्दा मन्त्रीज्यूले अहिलेसम्म पनि कुनै प्रतिक्रिया जनाएका छैनन् ।

राजधानीका विभिन्न भागहरुमा बिपसेना केन्द्रहरु खोलिएका छन् । शिवपुरी, ज्योति भवनकान्तिपथ लगायतका स्थानहरुमा त्यहाँ दश दिनसम्म मौन ध्यान राखिने गरिएको छ । प्रत्येक दिन एक घण्टा एस.एन. गोयन्काको हिन्दी वा अंगैजी माध्यमका प्रवचन श्रव्यदृश्य मार्फत प्रसार गरिन्छ । यो ध्यान बुद्ध धर्ममा आधारित छ । उनको दश दिनको प्रवचनका दशवटै श्रृंखलामा भगवान बुद्धको जन्म भारतको लुम्बिनीमा भएको सम्बाद सुन्न पाइन्छ (यसकाे भिडियाे युटुबमा समेत हेर्न सकिन्छ) नेपालका खातापिता, यहाँका राजनीतिक नेता, ठूला व्यापारीहरुले मन शान्त पार्न बिपसेना ध्यान गर्ने गरेका छन् । ताजुवको कुरा त्यहाँ सहभागि हुने कुनै महानुभावहरुले अहिलेसम्म यी कुरा बाहिर ल्याएका छैनन् ।

२०४९ साल माघ १६ गते तदनुसार सन् १९९३, जनवरी २९ का दिन डिएभी सुशिल केडीया विश्वभारती विद्यालयको स्थापना भएको । अहिले त्यो विद्यालय सञ्चालनमा आएको बीस वर्ष पुगेर एक्काइस वर्ष लाग्यो । डीएभी जस्तै माथि उल्लेख गरिएका विद्यालयहरुले वर्षौंदेखि राजधानीमा यस्ता विद्यालयहरुका बालबालिकाहरुलाई पढादैं आइरहेको कक्षा ६ को इन्टिग्रेडेड सोसल स्टडिज् बुक ६ को पृष्ठ संख्या ४५ को “नयाँ विचारको विकास” पाठको प्रथम र द्वितीय हरफमा “लगभग इसा पूर्वको छैठौं शताब्दीमा, झण्डै २५०० वर्ष अगाडि, भारतमा दुई जना महान् मानवहरुको जन्म भएको थियो । तिनीहरु गौतम बुद्ध र महाबीरा भर्दमन थिए । तिनीहरुका शिक्षाहरुले बौद्ध र जैन धर्मको जन्म दिएका थिए ।

गौतम बुद्धको नामबाट बौद्ध धर्मको नाम राखियो । उनको वास्तविक नाम सिद्धार्थ थियो । उनी लुम्बिनीमा जन्मिएका थिए ।” भनी पढाइराखिएको छ । यति मात्र होइन कि कञ्चनजङ्घा हिमाल भारतीय हिमालय श्रृंखलामा पर्दछ भनी पनि पढाइएको छ । “अन्नपूर्ण र कञ्चनजङ्घा हिमाल गंगा र ब्रह्मपुत्र नदीको उद्गम हिमनदी रहेको हिमाली श्रृंखलामा पर्दछन्” भनिएको छ । बिसौं बर्षदेखि यस्ता पाठहरु पढाइदासम्म पनि यहाँको सरकार, शिक्षा मन्त्रालय मौन छन् । यसरी मौन बस्नु कुनै चासो नदेखाउनुको पछाडिको नियत के हो ? हामीले के पढिराखेका छौं, के पढाइराखेका छौं र के अनुगमन गरिराखेका छौं ?

२०६० कात्तिक २१ मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र उनका समकक्षी भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीबीच ३ करोड रुपियाँसम्मका “साना परियोजना” नेपाल सरकारको सहमति बिना नै भारतीय दूतावासमार्फत खर्चगर्न सक्ने सहमित भएको थियो । त्यो सीमा २०६५ सालमा अर्थमन्त्री डा. बाबुराम भट्टराईले ५ करोड पु¥याएका थिए । यसै सहमितलाई आधार मानेर भारतका राजदूतहरु नेपालको हिमाल, पहाड र तराई जहाँतहीं विद्यालय भवनको सिलन्यास र उद्घाटन गर्दै हिड्दछन् । भारतका राजदूतहरु यस्ता कार्याक्रमहरुमा विद्यालयको उद्घाटन मात्र गर्दैनन् कि कसको सरकार बनाउने र कसको सरकार ढाल्ने भन्ने सम्मका भाषण दिंदै हिड्दछन् । मुलतः नेपालका हिमाली क्षेत्रहरुमा तिब्बत विरोधी गतिविधिहरुका आधार पनि तयार पार्दछन् ।

शिक्षाका माध्यमद्वारा भारतमा अरु पनि गतिविधि हुने गरेको छ । नेपालका बिग हाउसबाट सञ्चालिलत ब्रोडसिप दैनिक पत्रिकामा जनवरी २५ र २६ गते एभरेष्ट होटलमा प्रिमियर स्कूल्स् एक्जिभिजन भनेर शैक्षिक मेलाको आयोजनाको विज्ञापन गरिएको थियो । यस्ता मेलाहरु यहाँका महंगा होटेलहरुमा हुने गरेका छन् । विभिन्न आकर्षणहरु देखाएर हजारौं नेपाली विद्यार्थीहरुलाई बस चढाएर भारत लगिने गरिएको छ ।

यी सबै घटनाहरुले नेपालमा शिक्षाका माध्यमद्वारा भारतीय हस्तक्षेपलाई पुस्टि गर्दछ । नेपालमा भारतीय पाठ्क्रम र पाठ्यपुस्तक पढाइ हुन्छ, नेपाली राष्ट्रियता विरोधी पाठ्यपुस्तक र पाठ्यपुस्तक पनि पढाइन्छ भनी शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएपछि शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालय ललितपुरलाई डिएभीलाई तत्कालै कार्वाही निर्देशन ग¥यो । तर डिएभीले जिल्ला शिक्षा कार्यालयको चिठ्ठीसम्म बुझेन । यिनै समचारहरुलाई आधार मानेर प्रधानमन्त्री कार्यालयले पाठ्यक्रम विकास केन्द्रलाई कार्वाही गर्न निर्देशन दिंदा पनि अहिलेसम्म केही हुन सकेको छैन । शिक्षा मन्त्रालयका सहप्रवक्ताले यी विद्यालयहरु नेपाल सरकारमा दर्ता नभएको, आज भन्दा पाँन वर्ष अगाडि विद्यालय बन्द गर्न निर्देशन गर्दा पनि नटेरेको, अब शिक्षा मन्त्रालयले गर्ने यत्ति नै हो अब सिधै गृहमन्त्रालयले हस्तक्षेप गर्नुपर्दछ । पुलिसले गिरफ्तार गर्नुपर्दछ भनेका छन् ।

यिनै सवालहरुलाई लिएर आन्दोलन गर्दा यहाँका ठूला पार्टीहरु पनि प्रभावित हुन पुगे । तमलोपाको केन्द्रीय नेता वार्ताका लागि प्रतिनिधि भएर आए । नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले फोन नै गरे । भारतीय राजदूत जयन्तप्रसादले विद्यालयका फाइल बोकेर शिक्षा मन्त्रालय धाइरहेका छन् । डिएभीका मालिक अनिल केडिया विभिन्न राजनीतिक पार्टी कार्यालय, नेताहरुका घर धाउने गरेका छन् । भारतीय पत्रपत्रिकाले नेपालमा भारतीय विद्यालयहरु सञ्चालन बन्द भएको समाचार दिन थालेका छन् । अहिलेसम्म भएका घटनालाई लिएर नेपालका बिग हाउसका सञ्चार माध्यमहरुले समाचार प्रसारण गरिराखेका छैनन् । अनिल केडीया आफैले समाचार प्रशारण गरेमा विज्ञापन नदिने धम्कि दिएका छन् ।

नेपालीमा एउटा उखान छ “जसको सिता खाई, उसकै गीत गाई” । भारतमा र भारतीय शिक्षा लिने मान्छेको मनोविज्ञान कस्तो बन्दछ भन्ने कुराको ज्वलन्त उदाहरण वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई हुन् । रुड्कीमा अध्ययन छात्रावृत्ति पाएका बाबुराम भट्टराईले पछिल्लो क्रममा जवहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारधी गरेका हुन् । मेधावी बाबुरामले अहिले भारतसँग बिप्पा गर्नु, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल लगायत १५ वटा विमानस्थलहरुको व्यवस्थापन, संरक्षण र सुरक्षाको जिम्मा भारतीय कम्पनीलाई दिन तयार हुनु, दिनदिनै जंगेपिलर भारतीय पक्षद्वारा सारिदैं गर्दा पनि वेवास्ता गरिनु उनी भारतमा दीक्षित भएको परिणाम पनि हो । भारतमा शिक्षित र दीक्षित हुने गरेका नेपाली नेताहरुको दुईवटा ध्रुव बनारस र जवाहरलाल नेहरु विश्वविद्यालयमा जेएनयुले नै उछिनेको देखिएको छ ।

शिक्षा भनेको अधिरचना हो । चेतना हो । चेतना नै गलत भएपछि मान्छे कस्तो बन्दछ स्पष्ट नै छ । नेपालका बालबालिकालाई भारतीय संस्कार, संस्कृति र राष्ट्रियताको चेतना दिएपछि राज्यको अधिरचनामा प्रभाव पार्न सकिन्छ भन्ने हेतुले यहाँ खूललारुपमा भारतीय पाठ्यपुस्तक पढाउन छुट दिएको हुनु पर्दछ । आर्थिक, सामाजिक, भौगोलिक र राजनीतिकरुपमा भारतीय हस्तक्षेप इतिहासमा नै सबैभन्दा बढी यो कालमा छ । शिक्षा क्षेत्रबाट पनि यसलाई प्रभाव पार्न सकियो भनें भारतीय प्रभावलाई अझ सवल बनाउन सहज र सरल हुन्छ भन्ने धारणा बनेको हुनु पर्दछ । त्यसैले समयमा नै यस्ता गतिविधिको विरोध गरिएन भनें हामीसँग पछुताउनु बाहेक अरु केही रहने छैन । साभार ननस्टप खबर बाट  भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस >>>>



## News source from Zoomnp http://bit.ly/1DeD72Q
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.