भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मिडिया एनपी, काठमाडौं, १५ साउन । ठगी गरेको आरोपमा क्रिश्चियन धर्मका पास्टर प्रताप भट्ट पक्राउ गरेका छन् । उनी माथि अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकको वर्किङ भिसा लगाइदिन्छु भन्दै ठगी गरेको आरोप लगाइएको छ ।
चर्च मार्फत विदेश पठाउन वर्किङ भिसा लगाइ दिने भन्दै भट्टले ठगी गरेको प्रहरीको अनुन्धानमा खुलेको जनाइएको छ । सर्लाही लालबन्दी–१ घर भई हाल भक्तपुर दुवाकोट बस्ने प्रताप भट्टलाई काठमाडौंको पेप्सीकोलाबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
वर्क भिसामा क्यानडा, युरोप, अष्ट्रेलिया पठाउने भन्दै विभिन्न पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेका भट्टले विभिन्न व्यक्तिबाट लाखौं ठगेको बताइएको छ । आफूलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै भट्टले ठगेको धापासीका कृष्ण कुँवरले गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुँवरलाई सुरुमा प्रक्रिया गर्न २७ लाख रुपैयाँ लाग्ने भएपनि २ लाख ७५ हजार मागेका भट्टले काभ्रे महांकाल ढुप्साङग लामा, पर्सा सुर्वणपुरका पर्वत श्रेष्ठ, रामेछापका भरत मगर लगायत व्यक्तिबाट प्रतिव्यक्ति १२ लाख दिए चर्चमार्फत सजिलै अमेरिका पठाइदिन्छु भन्दै ३ लाख ६० हजार लिएको पाइएको प्रहरीको चनाइ छ ।
The post ठगी आरोपमा क्रिश्चियन धर्मका पास्टर भट्ट पक्राउ appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1Mybpjt
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

