भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

निशु ढकाल(२०) बुबा भरत ढकाल र आमा सुस्मा ढकालको कोखबाट जन्मिएकी उनी नेपाली संगित क्षेत्रमा उदयमान कलाकारको रुपमा चर्चामा आउदै छिन ।
सानै उमेरदेखि लगनशिल उनी गायन क्षेत्रमा बाल्यकालबाटै प्रबेश गरेकी बुधबारे निबासी निशु को गित यतिबेला श्रोता, दर्शक सबैको प्रशंसा पाउने गरेकी छिन। महानन्द शिक्षा सदन हुदै एमिटी कलेजमा बिबिएस प्रथममा अध्ययन गर्दै आएकी
उनी सगींत क्षेत्रमा चौथो बर्षको कोर्ष गर्दै आएकी छिन।
बाल्यकाल देखि यो क्षेत्रमा लागेकी उनी आफुलाई यो क्षेत्रमा प्रबेश गर्न बाबु आमाको ठुलो प्रेरणा रहेको बताउछिन । झापा लगायतअन्य क्षेत्रमा हुने स्टेज कार्यक्रमहरुमा गित तथा भजन प्रस्तुत गरी प्रसंसा बटुलेकी निशुले केहि बर्ष अघि मेची आइडलको टप ५ मा परेकी थिईन ।
हजारौ प्रतिस्पर्धीहरुलाई उछिन्दै अगाडी आएकी निशु आफुलाई यो क्षेत्रमा अगाडि जान हरि उप्रेती, सगित शिक्षक कुशेषवर राईको निकै सहयोग रहेको बताउँछिन।
नेपाल का बिभिन्न क्षेत्र साथै भारतको दार्जिलीङ, सिक्किम, लगायतका कार्यक्रमहरुमा प्रस्तुति समेत राखिसकेकी निशुले यस अघि बजारमा आफनो भजन संग्रह ‘पहिलो पाइला’ ल्याई सकेकी छिन। आफ्नै रचना र सगींतमा गितहरु समावेश गरि केहि समयमै उनी नयाँ एल्बमको निकाल्ने तरखरमा छिन।
आधुनिक, पप, भजन क्षेत्रमा जमेकी निशु यसको अलवा गजल कविता लेख्नमा पनी त्यतिकै सकृय रहेकी छिन। उनी भन्छिन, ‘मेरो रगत रगमा सगिीत बगेको छ। यस क्षेत्रमा म प्रशस्त सम्भावना देख्छु तर केहि नसिकि हामफाल्ने हो भने भबिष्य छैन’।
आफुलाई संगीत क्षेत्रमा प्रबेश गर्न बुबाको ठुलो सहयोग रहेको भन्दै आफु यस क्षेत्रमा लागेर राष्ट्रिय स्तरको कलाकार बन्ने सोचमा रहेको साथै यसै क्षेत्रमा पिएचडी गरी शैक्षिक र संगीत दुवै क्षेत्रमा अगाडी बढ्ने उद्धेश्य भएको बताउछिन्।
सगींत क्षेत्रमा आफ्नो सुरुवात मात्रै भएको भन्दै नेपाली संगीतमा अन्जु पन्त ,स्वरुप राज लगायतको गित साह्रै मन पराउने उनी शिक्षाको अलवा सगींत क्षेत्रलाई दिनको ३ घण्टादेखि ५ घण्टा सम्म समय दिने गरेको बताउँछिन्। बाल्यकाल देखिनै बिद्यालयका विभिन्न साङ्गितिक कार्यक्रम तथा अन्य कार्यक्रममा भजन तथा गित गाएर प्रथम स्थान हासिल गर्ने निशु आफनो पहिलो एल्बम भजन संग्रह श्रोताहरुले मन पराएर आफ्नो हौसला बढाएकोमा खुसी देखिन्छिन्। अहिले तयारीको अवस्थामा रहेको अर्को एल्बममा समावेश हुने गितहरु तयार भईसकेको र म्युजिक भिडियोको रुपमा बजारमा आउने छ।
The post गायनमा अब्बल निशु appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1LFdDy4
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

