भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ जेठ, सिन्धुपाल्चोक ।दलित बाहुल्य कर्थली–७, पोखरेमा वैशाख १२ गतेको भूकम्पले तीन जनाको ज्यान लियो। घरहरू सबै ध्वस्त भए। जीविकोपार्जनको मुख्य स्रोत गाई, भैंसी, बाख्रा गुमे। सबैको मन डर र त्रासले भरियो।
त्यही कर्थलीका बासिन्दामा महिनादिनपछि अचानक खुसीको कम्पन छाएको छ। बालबालिका मात्र होइन कर्थलीका सबै बासिन्दाको जिउने आधार फिरेको छ।
पीडाको आँसुमा डुबेका कर्थलीबासीमा खुसीको कम्पन सरकारको कुनै निकाय वा गैरसकारी संथाले नभई हङकङ बस्दै आएका दुई नेपालीले ल्याएका हुन्। हङकङमा बसोबास गर्दै आएका निर्मल श्रेष्ठ र सुरज गुरुङले गाउँमा झन्डै ५० लाख रुपैयाँ बराबरको सहयोग र भत्किएको मनलाई सम्हालिदने परामर्शदाता, कलाकार तथा चिकित्सक पुर्याइदिएका छन्।
सिन्धुपाल्चोकको प्रमुख बजार बाह्रबिसेबाट करिब १५ किलोमिटर उत्तरपूर्व साँघुरो कच्ची सडकको कष्टकर उकालो यात्रापछि कर्थली पुगिन्छ। कर्थली–७, पोखरेमा करिब १ सय ६० घरपरिवारको बसोबास छ।
भूकम्प गएको केही दिनमा त्यस गाउँका बासिन्दाले मुस्किलले राहत स्वरूप थोरै चामल, चिउरा र त्रिपाल पाएका थिए। त्यसले पनि उनीहरूमा खुसी फर्काउन सकेको थिएन। चौबीसै घन्टा भयभित वातावरणमा बसेका बालबालिकामा हाँसो आउन सकेन।
श्रेष्ठ र गुरुङको ‘हामी उठ्नेछौं’ अभियान आएपछि कर्थलीबासीले घर पाएका छन्, भोकै सुत्नुपर्ने अवस्था पनि अन्त्य भएको छ। उनीहरूले भूकम्पको भयले त्रसित मनलाई परामर्श दिँदै सम्हालिदिने व्यक्ति पाएका छन्। भत्किएको विद्यालय भवन निर्माणदेखि बालबालिकाको डरलाई भगाएर हाँसो फर्काइदिने ‘चिल्ड्रेन पार्क’ पाएका छन्।
भूकम्पको धक्काले घर भत्किएर त्रिपालमा बस्दै आएका हीराबहादुर विकले अभियान सञ्चालन हुनुअघि रातभर पालमुनि बस्नुपर्थ्यो। ‘अहिले हामी सबैले बस्नलाई घर पाएका छौं। खानेकुरा पनि छ,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा बच्चाहरू डराएर हैरान भएको थियो। उनीहरूले भुल्ने र खेल्ने ठाँउ पाएका छन्।’
श्रेष्ठले र गुरुङले राहतस्वरूप खाद्यान्न मात्र नभई गाउँमा पूर्ण रूपमा घरवारविहीन भएका ४० परिवारलाई अस्थायी घर, १० वटा शौचालय निर्माण गरिदिएका छन्। गाउँमा रहेका ईश्वरीमाला प्राथमिक विद्यालयको पुनर्निर्माण भएको छ। बालबालिकाले खेल्ने र मन बहलाउने बाल उद्यान बनेको छ।
उनीहरूले भूकम्पका कारण घाइते भएकाको उपचार, स्थानीयमा धक्काको डर हटाउन मनोचिकित्सक तथा कलाकार, परामर्शदाता लगायतको टोली पुर्याोएका छन्। उनीहरूले स्थानीयमा आत्मबल बढाउने काम गरेका छन्।
भूकम्पका कारण भत्किएको गाउँको उक्त विद्यालय भवनमा ढलान गरेर पक्की बनाउन, विद्यालयको फर्निचर, कम्प्युटर, पठनपाठनका सामग्री र शौचालय निर्माणका लागि शनिबार २१ लाख ५ हजार रुपैयाँको चेक समेत प्रदान गरिएको छ। यस्तै गाँउका जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि ३ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना गरिएको छ।
शनिबार नै अभियानअन्तर्गत कार्यक्रममा विद्यालय परिसरमा गाउँका बालबालिकाले खेल्ने ६ लाख रुपैयाँको बाल उद्यान हस्तान्तरण गरिएको नागरिकमा खबर छ ।
feed news collection from etaja khabar http://ift.tt/1K3qcBr
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

