Loading...
Loading...
​तापक्रम घटेजस्तो भएपनि गर्मी उस्तै : मनसुन सुरु नभई शितल नहुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, जेठ १८ – पश्चिम तराईमा अाइतबार बेलुकीदेखि तापक्रम केही घटेको छ । तर गर्मी घटेको अनुभूति हुने गरी तापक्रम घट्न भने मनसुन नै कुर्नुपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायूले प्रवेश गर्ने संकेत देखिएकाले साेमबार पनि पश्चिम तराईमा थोरै मात्र तापक्रम घट्ने अनुमान गरिएको महाशाखाका मौसाविद मिनकुमार अर्यालले बताउनुभयो ।

पश्चिमी वायूले अहिले बलियो प्रभाव पार्न नसक्ने भएकाले अनुभूति हुने गरी शितल भने नहुने उहाँको भनाई छ । मौसमविद अर्यालका अनुसार भारत राजस्थानको तातो हावाको प्रभाव  र झरी नपरेका कारण पश्चिम तराईमा गर्मी बढेको हो । प्रिमनसुनको अन्त्यतिरमा थोरै मात्र पानी परेकाले पनि गर्मी बढेको हो ।

अब एक हप्ता पछिदेखि भने शितल हुने अनुमान गरिएको छ । जुन १० तारिखदेखि मनसुन शुरु हुने  भएकाले पनि शितल हुने मौसमविदको भनाई  छ । पश्चिम तराईको नेपालगञ्ज र दाङमा सबैभन्दा धेरै गर्मी छ ।

महाशाखाले दिएको जानकारी अनुसार अाइतबार नेपालगञ्ज र दाङको तापक्रम ४१ दशमलव ९ डिग्री सेल्सियस थियो । यस्तै दीपायलको तापक्रम अाइतबार ३९ दशमलव ८  र भैरहवाको ३९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडाैंको  तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो । महाशाखाका अनुसार साेमबार भने अाइतबारको जति गर्मी हुँदैन । सामान्यतया साेमबार देशभर बद्ली हुने सम्भावना भएकाले अाइतबारको जति गर्मी नहुने मौसमविद्ले बताएका छन् । साेमबार काठमाडाैंको तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।



feed news collection from etaja khabar http://ift.tt/1GQfXj4

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.