Loading...
Loading...
व्यापारी नै बाहिरिएपछि बजार कसले खोल्ने?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
विगत १० वर्षदेखि गोंगबुमा होलसेल किराना पसल सञ्चालन गरिरहेका विमलेन्द्र चौंलागाइँ बिहिवार आफ्नो गृहजिल्ला नवलपरासीतर्फ हानिए।
१० वर्षसम्म एउटा घरमा ३ वटा सटर भाडामा लिई व्यापार गरेका उनी काठमाडौंको भूकम्पपछिको त्रास कम गर्न गृहजिल्लातिर लागेका हुन्। जुन घरमा उनको पसल थियो, त्यो घरको अधिकांश भाग चर्किएपछि उनलाई त्यहीं घरमा व्यापार गरिरहन मन छैन।
‘केही दिन घरतिर गएर फ्रेस भएर आउँछु अनि व्यापार कहाँ के गर्ने भनेर सोचौला’, चौलागाइँले भने।
उनी मात्र होइन, आफ्नो जीविकोपार्जनका लागि बाहिरबाट काठमाडौंमा आई पसलहरु सञ्चालन गरेका पसलेहरुले काठमाडौं छोडेपछि न्यून संख्यामा मात्र बजार पसलहरु खुलेका छन्। काठमाडौंबाट पसले व्यापारीहरु पनि बाहिरिएपछि काठमाडौंको बजार पसल सुनसानमुक्त हुन सकेको छैन। काठमाडौंकै स्थानीयले संचालन गरेका पसलहरु भने खुलेका छन्।
ललितपुरको कुसुन्तीस्थित आदर्शटोलमा खुलेका ५० प्रतिशत पसलहरू सबै स्थानीयका मात्रै छन्। त्यस्तै नयाँ नगरमा खुलेका पसलहरु पनि सबैजसो स्थानीयकै छन्।
उता बालाजू क्षेत्रका अधिकांश पसलेहरु बाहिरिएका छन्। उपत्यबाहिर घर भएका पसलेहरु बाहिरिँदा त्यस क्षेत्र सुनसानजस्तै बनेको छ। खुलेका केही स्थानीयका पसलहरुमा पनि ग्राहकले चाहे बमोजिमको खाद्य सामाग्रीहरु नपाएको गुनासो गर्छन्।
राजधानीको गोंगबु, बसपार्क, चाबहिल, बानेश्वर लगायत चोकमा पनि काठमाडौंबासीले संचालन गरेका बजार पसलहरु खुला भए पनि बाहिरी जिल्लाबाट आएका व्यापारीका अधिकांश पसल बन्द छन्।
उता व्यापारको केन्द्र मानिएको न्यूरोड र असन बजार भूकम्पको अत्याधिक मारमा परेकाले यस क्षेत्रको बजार पसल तत्काल खुल्ने र चहलपहल बढ्ने स्थिति छैन। यस क्षेत्रका अधिकांश घरहरुमा क्षति पुगेकाले ति घरहरुको मर्मत नहुञ्जेलसम्म यो क्षेत्र सुनसानमुक्त हुने स्थिति छैन।
यसले गर्दा केही खुला क्षेत्रमा स्थानीयका बजार पसलहरुहरु खुल्न थाले पनि भित्री एरियामा सामान्य रुपमा बजार पसलहरु संचालनमा आउन भने धेरै समय लाग्ने अनुमान गर्न सकिन्छ।  

सोर्स-सेतो पाटी

from Taja News Online http://ift.tt/1QRvpPI
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.