भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ बैशाख, कीर्तिपुर । कीर्तिपुरको इटागोल १८ मा टेन्टमा बसेकी एक बालिकाको मृत्यु भएको छ । अस्थायी रुपमा इटागोल वडा नम्बर १८ बस्ने हेटौडा चपुरका बिक्रम तामाङ र अगिंता तामाङकी चार वर्षकी छोरी प्रेमासा तामाङको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।
भूकम्प आएदेखि नै ज्वरो आएजस्तो भएर सामान्य विरामी परेकी उनको उपचारका लागि बुधबार कीर्तिपुरस्थित स्वास्थ्य संस्थामा लगिएको थियो । त्यसपछि थप उपचारका लागि पाटन अस्पताल पुर्याउँदा दिउँसो एक बजे उनको मृत्यु भएको हो ।
चिसोले निमोनियमा भएर मृत्युभएको आशंका गरिएपनि कारण खुल्न सकेको छैन् ।
इटागोलका स्थानीयले दुई तीन ठाउँमा टेन्ट बनाएर सामूहीक रुपमा बसिरहेका छन् । उक्त टेन्ट भित्र ५०/६० वटा बच्चा रहेको पत्रकार उपेश महर्जनले जानकारी दिए ।
इटागोल कीर्तिपुर क्षेत्रमा सबैभन्दा बढी घर क्षति भएको ठाउँ हो । उक्त क्षेत्रका ८५ प्रतिशतभन्दा बढी घरमा क्षति पुगेको छ । कुनै मानवीय क्षति भएको छैन् । पुरिएका १० जनालाई स्थानीयको पहलमा जीवितै उद्दार गरिएको थियो । भूकम्पमा परेर २२ जना घाइते भएका छन् ।
टेन्ट टाँगेर बसोबास गरिरहेको क्षेत्रमा फोहोर बढ्दै गएको छ । पीडितलाई केही सहयोग नभएको र बिरामीहरुले पनि औषधी नपाएको स्थानीयले गुनासो गरेका छन् । उत्त टेन्टहरुमा इटागोलको गलैचा फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेका छन् ।
from Taja News Online http://ift.tt/1ESXcfk
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

