भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ बैशाख, काठमाडौँ । बिहीबार बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको एक सय सातवटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि बुधबार राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । तीनदिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गएपनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो ।
भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् ।
ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताए ।
भूकम्पको कम्पन कम भएसँगै पानी परेपछि सर्वसाधारणमा थप आशङ्का बढिरहेका बेला उनले पानी र भूकम्पको कुनै सम्बन्ध नहुने भएकाले यसबाट नअतालिन सर्वसाधारणलाई आग्रह गरे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र अब ६ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने बताए ।
‘तुलनात्मकरुपमा भूकम्पको दुरी कम हुँदै गएको छ । एक हप्तासम्म दिनमा दुई/चार वटा जान सक्छ, अब यो हप्तामा एउटा, महिनामा एउटा तथा चार महिनामा एउटा हुँदै जान्छ, ठूलो कम्पन आउँदैन र छ रेक्टरमुनिकाले खासै असर पनि गर्दैन’ उनले भने । रासस
from Taja News Online http://ift.tt/1OGuJOt
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

