Loading...
Loading...
सरोज खनालले भूकम्प पिडितलाई २० हजार अण्डा दिने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएका अभिनेता सरोज खनालले भुकम्पवाट पीडित भएकाहरुलाई दशलाख मुल्य बराबरको २० हजार वटा कुखुराको अण्डा बाँड्ने भएका छन् ।

उनको आफ्नै लगानी रहेको खनाल पोल्ट्री र्फम र नेपाल अण्डा उत्पादकसंघको संयुक्त पहलमा अण्डा वितरण सुरु हुन लागेको हो । अभिनेता खनालले जनाए अनुसार धादिङ, गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लामा भुकम्पवाट घाइते भएर अस्पताल भर्ना भएकाहरुलाई अण्डा वितरण गर्न लागिएको हो ।

शुक्रवारवाटै अण्डा वितरण सुरु गर्ने योजनामा रहेका खनाल भूकम्प जानु भन्दा एक महिना अघि नेपाल आएका थिए । भूकम्प आएकै कारण अमेरिका जानवाट रोकिएका खनाल अण्डा बोकेर सिन्धुपाल्चोक जाने तयारीमा छन् । चितवनको अस्पतालमा उपचार गराई रहेकाहरुलाई अण्डा बाँड्ने जिम्मा उनले चितवनकै साथीहरुलाई दिएका छन् । उनी टुंडीखेल र सिन्धुपाल्चोकमा पालमा उपचार गराईरहेकाहरुलाई भेट्ने योजनामा छन् ।



from Taja News Online http://ift.tt/1HWChqA
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.