भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१६ वैशाख, काठमाडौं । प्यासिफिक एशिया ट्राभल एजेन्टस् (पाटा) नेपाल च्याप्टरले भुकम्प पीडितलाई राहत सामग्री प्रदान गरेको छ । पाटाले नुवाकोट, धादिङ, गोरखा, रामेछाप र ललितपुरका पीडितलाई १५ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरेको हो ।
भुकम्प पीडितलाई आवश्यक पाल, म्याट्रेस, ब्लाङ्केट तथा खाद्य समाग्रीहरु प्रदान गरिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । पाटाले राहत सामाग्री सम्बन्धीत ठाउँसम्म पुर्याउनका लागि खर्चसमेत उपलब्ध गराएको छ ।
पाटा भुकम्प पीडित सहयोग केन्द्र स्थापन गरी राहत वितरण सुरु गरेको अध्यक्ष पाण्डेको भनाई छ । उनका अनुसार पाटा नेपालले आगामी दिनमा सहयोग जुटाउँदै पीडितलाई हस्तान्तरण गर्नेछ ।
यसका लागि पाटाले ‘पाटा उद्धार कोष’ खडा गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसमक्ष पाटा राहत कोषमार्फत सहयोगका लागि आग्रह समेत गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।
त्यसो त पाटा इन्टरनेशनलले भुकम्प पीडितलाई १० हजार डलर रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । भुकम्प गएकै दिन शनिबार चीनमा भएको पाटाको वाषिर्क साधारणसभामा उक्त सहयोग घोषणा गरिएको हो ।
‘भुकम्प जाँदा पाटा इन्टरनेशनलको साधारणसभा चलिरहेको थियो’ पाण्डेले भने- ‘साधरणसभामै नेपालका भुकम्प पीडितलाई सहयोग घोषणा गरियो ।’ सोही समयमा पाटा इन्टरनेशनलका सम्पूर्ण सदस्यहरुले नेपालका भुकम्प पीडितलाई सहयोग गर्ने बचन दिएको पाण्डेले बताए ।
पाटा इन्टरनेशनलका सदस्यहरुले उपलब्ध गराउने राहत पाटा राहत कोषमार्फत पीडितसमक्ष पुर्याउने पाण्डे बताउँछन् । यसका लागि पाटा नेपाल च्याप्टरले सदस्यहरुलाई सहयोग उपलब्ध गराउन आहृवान समेत गर्ने भएको छ ।
‘पहिला पीडितलाई राहत उपलब्ध गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहयत माग्छौं’ पाण्डेले भने- ‘राहतको काम सकिएपछि भुकम्पबाट ध्वस्त भएका ऐतिहासिक सम्पदाहरु पुनरनिर्माणका लागि सहयोग जुटाउँछौं ।’
भुकप्पको कम्पनले ऐतिहासिक धरोहरहरु पाटन दरबार स्क्वायर, बसन्तपुर दरबार, धरहरा, भक्तपुर दरवार स्क्वाएर लगायत ध्वस्त भएका छन् । यी सम्पदा पुनरनिर्माणका लागि अर्बौं रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
श्रोत :-अनलाईन खबर
from Taja News Online http://ift.tt/1Gw5Jj9
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

