Loading...
Loading...
चीनको प्रस्ताव जापानले नमान्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

चीनले प्रस्ताव तथा नयाँ बन्न लागेको एक एसियाली बैंकमा जापानले नबस्ने सङ्केत दिएको छ ।

चीनले प्रस्ताव गरेको एक नयाँ बैंक, एसियाली पूर्वाधार विकास बैँकमा जापान नबस्ने सङ्केत दिएको समाचारमा जनाइएको छ । नयाँ बैंक निर्माणको सो प्रस्ताव चीनले गरेको छ ।



चीनले केही समयमात्र अघि एसियाको बैंकका रुपमा एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) स्थापनाको प्रस्ताव गरेको थियो ।



यसअघि चीनका लागि जापानी राजदूतले भने सो बैंकमा जापान पनि सहभागी हुनसक्ने आसय व्यक्त गर्नुभएको थियो ।

तर आज सो आसयको विपरीत जापानी मन्त्रिपरिषदका मुख्य सचिवले सो कुराको खण्डन गरेका छन । उनले यस विषयमा जापानले केही नसोचेको पनि बताएका छन ।



यसअघि फाइनान्सियल टाइम्ससँगको कुराकानीमा चीनका लागि जापानी राजदूत मासातो कितेराले सो बैंकमा जापान बस्नसक्ने भनी अन्तरवार्ता दिएका थिए ।





यस विषयमा जापानी मन्त्रिपरिषदका मुख्यसचिव योसिहिदे सुगाले भने– सो बैंकका विषयमा जापानको अडानमा कुनै परिवर्तन आएको छैन, हामीले कुनै नयाँ निर्णय गरेका छैनौँ ।



जापानको राजधानी टोकियोमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो– मैले पनि यस विषयमा सूचना पाएको छु कि राजदूतले पनि यस बारेमा कुनैपनि प्रतिक्रिया दिनुभएको छैन ।



मुख्य सचिव सुगाले यस विषयमा जापानी राजदूतले जापान सहभागी हुने भनेर कुनैपनि अन्तरवार्ता नदिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।



चीनले जापानलाई पनि उक्त बैंकको संस्थापक सदस्यको रुपमा प्रवेशका लागि प्रस्ताव गरेको छ । चीनले संस्थापक सदस्यका लागि आवेदन गर्न यही मार्च महिनाको अन्तिम समय दिएको छ ।



सो समय पूराहुन केही दिनमात्र बाँकी रहँदा जापानको यो प्रतिक्रिया आएको छ ।

सो बैंकको संस्थापक सदस्यताका लागि अष्ट्रेलिया, जर्मन, फ्रान्स, बेलायत, इटाली र रसियाले भने समर्थन गरिसकेका छन् । ती देशले संस्थापक सदस्यताका रुपमा ५० अर्ब अमेरिकी डलर बराबरको पुँजी पनि जम्मा गर्ने जनाएका छन् ।



त्यस्तै चीनको अर्काे एक छिमेकी एवम् चीनसँगको लामो समयको सत्रुतापूर्ण सम्बन्ध रहेको देश ताइवानले पनि सो बैंकमा सहभागिताका लागि छिटै नै आवेदन गर्ने जनाएको छ ।



तर एसियाकै दोस्रो ठूलो अर्थतन्त्र जापानले भने यस विषयमा केही बताएको थिएन । जापानले मङ्गलबार भने स्पष्ट रुपमा सो बैंकमा नबस्ने सङ्केत गरेको हो ।



जापानले यस एसियाली पूर्वाधार विकास बैंकको काम स्पष्ट नभएको र यसको कार्यक्षेत्रका बारेमा पनि कयौँ दुविधा रहेको आरोप लगाएको छ ।



जापान एसियाको दोस्रो ठूलो अर्थतन्त्रमात्र होइन एसियाली विकास बैंकको पनि प्रमुख लगानीकर्ता पनि हो ।

भावी दिनहरुमा चीनले प्रस्ताव गरेको यस विकास बैंक पनि एसियाली विकास बैंककै एक प्रतिश्पर्धी बैंकका रुपमा रहनसक्ने बताइन्छ ।



नयाँ बन्न लागेको यस बैंक वल्र्ड बैंक र एसियन डेभलपमेन्ट बैंक (एडिबी) को एक प्रमुख चुनौतीका रुपमा रहनसक्ने पनि बताइन्छ ।



यी दुई बैंकमा अमेरिका र जापानको ठूलो प्रभाव रहेको छ । त्यसैकारण पनि अमेरिकाले यस बैंक स्थापनाका बारेमा आलोचना गर्ने गरेको छ । रासस, एएफपी



from Bhadragol Sansar http://ift.tt/1GbwTiw

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.