Loading...
Loading...
देवरले भाउजुलाई यसरी कुटेपछी....
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
बझाङ : देवरले कुटपिट गरेपछि बझाङको कैलाश गाविसकी एक महिलालाई गम्भीर घाइते बनाए छन् । बिहीबार राती घरमा खाना बनाईरहेका बेला कैलाश गाविस पिमिघर भएकी ४० वर्षीया पारसीदेवी सिंहलाई देवर वकिलबहादुर सिंहले कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर घाइते पारसीदेवी आफन्तको सहयोगमा नाबालक छोरो च्यापेर उपचारका लागिसदरमुकाम चैनपुरमा आएकी छन् । एकल महिला पारसीदेवी लाई मदिरा सेवन गरि राती घरमा आएका वकिलबहादुरले पैसा मागेपछि दिन अस्वीकार गर्दा मरनासन्न हुने गरी कुटपिट गरेका हुन् ।

कुटपिटबाट पारसीको ढाडमा चोट लागेको छ । मुख, हात र घाँटीमा घाउ भएर सुन्निएको छ । वकिलबहादुरसँग् गाउँले डराउने भएकाले उनले गुहार माग्दा पनि कसैले सहयोग गरेनन् ।

१० वर्ष अघि मलेसियामा रहेका पतिले पठाएको करिब ५० हजार रुपैयाँ बैंक खातामा रहेको थियो । सोही पैसो वकिलले माग्दा नदिएपछि पारसीले कुटाई खाएकी हुन् ।

‘मेरा पतिले पठाएको पैसा बैंकमा थियो । देवरले त्यसैमा आँखा गाडेका थिए’, पारसीले भनिन्, ‘पतिको मृत्युपछि त्यही पैसाले गुजारा गर्दै आएकी थिएँ । मलाई हेला गरेर कुटपिट गर्यो । सरकार लाई न्याय माग्न आएकी हुँ ।

kutpit उनका दुई छोरा र एक छोरी छन् । छोरा छोरीसँग चैनपुर आएकी पारसी आफन्तको होटल मापुगेपछि उनीहरुले प्रहरी, अधिकारकर्मी र पत्रकारलाई जानकारी गराएका थिए ।

भाउजु कुट्ने वकिलबहादुर गाँउमा रक्सी खाएर दादागिरी गर्ने व्यक्ति गाउँलेको दाबी छ । कांग्रेसका कार्यकर्ता उनलाई यसअघिका अपराधिक घटनाबाट पनि पार्टीले चोख्याएको नागरिक समाजका धर्मजंगबहादुर सिंहले बताए ।

बझाङका प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले घटनाको जानकारी आएकाले दोषीलाई प्रकाउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCCY

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.