भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ पुस काठमाडौं । सरकारले संविधान वनेको अर्को साललाई बैदेशिक लगानी आहृवान वर्षको घोषणा गर्ने तयारी गरेको छ ।
बैदेशिक लगानी आकषिर्त गर्ने उद्देश्यले लगानी आहृवान वर्षको घोषणा गर्ने योजना बनाएको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।
‘संविधान नबनेसम्म लगानीमैत्री वातावरण बन्दैन, लगातीकर्ताले शान्ति र राजनीतक स्थिरता खोजेका छन’ बुधबार आयोजित पत्रकार भेटघाटमा उनले भने -त्यसैले संविधान वनेको अर्को वर्ष लगानी आकषिर्त गर्ने प्रभावकारी वर्ष हुनेछ ।’
लगानी आकषिर्त गर्न सरकारले नयाँ औद्योगिक ऐन, विदेशी प्रत्यक्ष लगानी नीति र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र बैदेशिक लगानी ऐन लगायत संसोधनका लागि मन्त्री परिषदमा पठाएको मन्त्री बस्नेतले जानकारी दिए ।
राजनीतिक स्थायीत्व भएपछि र कानूनी जटिलतालाई सहज बनाएपछि लगानीका लागि गरिएको आहृवान प्रभावकारी हुने उनले बताए ।
अर्थमन्त्रीले दोस्रो चरणको आर्थिक सुधारका योजना अघि सारेका छन् । यो सुधारको चरणमा सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्नेमा उनको जोड छ । नीतिगत सुधार भएसँगै लगानीको वातावरअण बन्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, केही समय अघि भारतसँग भएको विद्युत व्यापार सम्झौता (पीटीए) र परियोजना विकास सम्झौता -पीडीए) भइसकेकाले लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बस्नेतले बताए ।
from Online Khabar » समाचार http://ift.tt/13VKJGx
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

