भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड संविधान बन्न नदिने खेलमा लागेको आरोप लगाएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकपछि ओलीले प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार देश जहाँसुकै जाओस्, संविधान आउनुहुँदैन भन्नेमा लागेको बताए ।
‘बैठकमा पुष्पकमल दाहालजीको कुरा सुनेर म आश्चर्यमा परेँ’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने-उहाँले सहमति नभई हुँदैन । तर, सहमति नगर्ने भन्नुभो ।’
मधेसी मोर्चाका नेता गच्छदारले प्रचण्डलाई पछ्याएको ओलीले बताए । माओवादी र मधेसी मोर्चा उत्ताउला कुरा गर्ने, अनेकखालका मान्छेहरुलाई उचाल्ने र संविधान बन्न नदिने खेलमा लागेको ओलीको आरोप थियो ।
माघ ८ मै संविधान आउने भन्दै ओलीले त्यसका लागि आफूहरुसँग आवश्यक मत रहेको र त्यसलाई अत्यधीक बनाउने प्रयास जारी रहेको बताए । ‘आवश्यक संख्या छदैछ, सबैको सहमति नभए पनि अत्यधिक संख्याले संविधान जारी हुन्छ’ ओलीले भने, ‘संविधान माघ ८ मै आउछ ।’
कार्यव्यवस्था परामर्श समितिको विहीबार बसेको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले चार दिनभित्र सहमति गर्न वा संविधानको पहिलो मस्यौदा बनाउने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावमा कांग्रेस र एमालेको सहमति रहेको ओलीले बताए ।
एमाओवादी र मधेशी मोर्चाले भने नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् ।
ओलीको कुरामा टिप्पणी गर्दिन : प्रचण्ड
यसैबीच एमाओवादी अध्यक्ष प्रचण्डले सन्चारकर्मीसँग कुरा गर्दै बैठकमा आ-आफ्ना धारणा राख्ने काम मात्रै भएको बताए । सहमति गर्न प्रचण्ड तयार नभएको भनेर ओलीले दिएको अभिव्यक्तिबारे सन्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने-‘अरुले बोलेको कुरामा म टिप्पणी गर्दिन ।’
संविधानसभा भवनमा विहान ९ बजेदेखि बसेको कार्य व्यवस्था समिति बैठकमा सभाध्यक्ष सहित कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र मधेशी मोर्चाको तर्फबाट गच्छदारले धारणा राखेका थिए ।
from Online Khabar » समाचार http://ift.tt/1x7odGk
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

